आँबुखैरेनी गाउँँपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण
तनहुँ : आँबुखैरेनी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । पालिकाको नीति तथा कार्यक्रम बमोजिम सामुदायिक बिद्यालय सुधार कार्यक्रम अन्तर्गत पालिकाको आफ्नै आन्तरिक स्रोतबाट २ वटा ४१ सिटर आइसर कम्पनीको स्कुल बस खरिद गरी आज एक कार्यक्रमकाबीच आँबुखैरेनी–१, स्थित चन्द्रोदय मावी र आँबुखैरेनी–२, स्थित अकला निमाविलाई सो बस हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
विद्यार्थीहरुलाई विद्यालय सम्म आउतजावत तथा पठनपाठनमा सहजताका लागि स्कुल बस खरिद गरिए...









