धादिङ :  धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।तुलसीपुर दाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो।

भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको उपचार ​मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरहेको छ।
घाइते सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर रहेको प्रहरीले छ ।