इच्छाकामना गाउँपालिकाका दुई रिसोर्टले प्राप्त गरे ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर
इच्छाकामना : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंले इच्छाकामना गाउँपालिकामा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टहरूको आकस्मिक खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन गरेको छ। उक्त अनुगमनमा सिद्धार्थ रिभरसाइड रिसोर्ट र रिभरसाइड स्प्रिंग रिसोर्टले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर कायम गर्न सफल भएका छन्।
उच्च अंक प्राप्त गर्ने रिभरसाइड स्प्रिङ रिसोर्ट विगत २५ वर्षभन्दा लामो समयदेखि आतिथ्य सेवा प्रदान गर्दै आएको स्थापित रिसोर्ट हो। त...









