मुग्लिन : कालिखोलामा पहिरो खसेपछि नारायणगढ– मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने कालिखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको हो ।
पहिरोका कारण विहान सवा ५ वजेदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले बताउनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो ।
इच्छाखबर संवाददाता












