Banner News

इच्छाकामनामा चेम्बर अफ कमर्शको तदर्थ समिति गठन,अध्यक्षमा अश्विन कुमार लम्साल

इच्छाकामनामा चेम्बर अफ कमर्शको तदर्थ समिति गठन,अध्यक्षमा अश्विन कुमार लम्साल
इच्छाकामना : चितवनको इच्छाकामनामा चेम्बर अफ कमर्श गठन भएको छ । अश्विन कुमार लम्सालको अध्यक्षतामा २३ सदस्सिय तदर्थ समिति गठन गरिएको हो। कुरिनटार स्थित प्रगति पाठशालामा सम्पन्न भेलाले वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षहरुमा मोदराज सिलवाल र गोकर्ण श्रेष्ठ, महासचिवमा माधवप्रसाद पोखरेल,सचिवमा रण बहादुर थापा ,कोषाध्यक्षमा कमला भुजेल र  सह-कोषाध्यक्षमा शोभा खनाललाई चयन गरिएको छ । नेपाल चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष तथा केन्द्रिय सदस्य भाई चन्द्र श्रेष्ठको प्रमुख...

इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको सपथ ग्रहण ,तथा पहिलो बैठक सम्पन्न

इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको सपथ ग्रहण ,तथा पहिलो बैठक सम्पन्न
इच्छाकामना :  नवनिर्वाचित इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । कुरिनटारस्थित लोकप्रिय होटलमा एक कार्यक्रमकाबिच नवनिर्वाचित समितिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । साथै इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको पहिलो बैठक पनि आजै सम्पन्न भएको छ । बैठकले सात वटै वडामा वडा इकाई गठन गर्ने निर्णय गरेको छ । बैठकले समितिका पदाधिकारीहरुलाई कामको जिम्मेवारी तोकिएको प्रथम उपाध्यक्ष सितल गुरुङले जानकारी दिनुभयो । मञ्चका अध...

फिस्लिङ र चुम्लिङटारका मेडिकल, क्लिनिक, एग्रोभेट र होटलहरुमा अनुगमन 

फिस्लिङ र चुम्लिङटारका   मेडिकल,  क्लिनिक, एग्रोभेट र होटलहरुमा अनुगमन 
 इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले मेडिकल, क्लिनिक एग्रोभेट र  होटलहरुमा अनुगमन गरेका छन् । वडा नम्बर ३ को फिस्लिङ र चुम्लिङटारमा रहेका मेडिकल , क्लिनिक, एग्रोभेट र  होटलहरुमा  अनुगमन गरेका हुन् । फिस्लिङदेखि चुम्लिङटारसम्म अनुमगन गरिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो । अनुगमनका क्रममा  केही  क्लिनिक एग्रोभेटहरुले औषधीको मूल्य सूचि नराखेको, आवश्यक डकुमेन्ट पुरा नभएको दर्ता नभएको र रिनु  नभएको भेटिएको उपाध्यक्ष  सिलवालले बताउनुभयो । ती एग्रोभेट...

पहिरोले पुरिएर ३ जना बेपत्ता

पहिरोले पुरिएर ३ जना बेपत्ता
दोलखा  :  पहिरोले दोलखाको गौरीशंकर गाउँपालिका–८ मा घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए। यस्तै टोपाटारमा ३ घर पुरिएको उनको भनाइ छ। यस्तै गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ। १५ घर विस्थापित भएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए। दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ। सांकेतिक फोटो

भरतपुर महानगरपालिका र चीनको सिगात्से सिटीबीच दुई पक्षिय हितमा काम गर्ने सहमति

भरतपुर महानगरपालिका र चीनको सिगात्से सिटीबीच दुई पक्षिय हितमा काम गर्ने सहमति
सिगात्से :   भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर  महानगरपालिका प्रमुख रेनु दाहालबीच दुई सहरबीच एक आपसमा सहयोग आदन–प्रदान गर्दै दुई सहरका जनताकोबीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको छ । तिब्बत प्रान्तको दोस्रो ठूलोे हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डल बीच प्रविधि आदान–प्रदान कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै  भगिनी सम्बन्धलाई जनस्तरसम्...

चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चालकलाई कारबाही

चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चालकलाई कारबाही
चितवन : गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चा...

गण्डकी गाउँपालिकामा संघ र प्रदेशका योजनाका बिषयमा छलफल

गण्डकी गाउँपालिकामा संघ र प्रदेशका योजनाका बिषयमा छलफल
गोरखा :  गण्डकी गाउँपालिकाले पालिका भित्र चालु आर्थिक बर्षम २०८०÷०८१ मा सञ्चालन हुने संघ तथा प्रदेशका योजनाका बिषयमा छलफल गरेको छ । गाउँपालिकाले पालिका भित्र बिनियोजित भएका योजनाहरुलाई प्रभावकारी कार्यान्वयनका लागि वडाध्यक्ष तथा कर्मचारीहरुसंग आन्तरिक छलफल गरेको गाउँपालिका अध्यक्ष दिपक तिमेल्सिना (साकार) ले जानकारी दिनुभयो ।संघ र प्रदेशका बजेटहको प्रभावकारी अनुगमन नहुदाँ कार्यान्वयन प्रक्रिया फितलो हुने गरेको तथा बजेट अनुसारको काम नहुने गरेको नागरिकहरुको गुनासो आउने गरेकाले व...

आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं :  मौसम पुर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै महाशाखाले कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्था...

ग्यास प्रतिसिलिण्डर १३० ले घट्यो,पेट्रोल र डिजेलको मूल्य बढ्यो (मुल्य सूचिसहित)

ग्यास प्रतिसिलिण्डर १३० ले घट्यो,पेट्रोल र डिजेलको मूल्य बढ्यो (मुल्य सूचिसहित)
काठमाडौँ : नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बढाएको छ। एलपी ग्याँसको मूल्य भने घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ रहेकोमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेकाे छ। खाना पकाउने एल्पी ग्यासको मूल्य भने प्रतिस...

इच्छाकामना ७ मा फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम

इच्छाकामना ७ मा फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम
सिमलढाप :  चितवनको इच्छाकामना ७ मा फोहोर मैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धि अभिमुखीकरण तालिम दिइएको हो । क्रियसन नेपाल र इको फेमिली प्रालिसँगको सहकार्यमा गाउँपालिकाले फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बनधी सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । वडा नम्बर ७ का कार्यवाहक वडाध्यक्ष फुलमती गुरुङको सभापतित्व, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्र...