मुग्लिन : नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको सडक दिउँसो २ः२० बजेदेखि भने दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर सकिएपछि बाटो दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
इच्छाखबर संवाददाता












