नौकिलोमा सडक भासियो, नारायणगढ-मुग्लिन सडकमा यातायात एकतर्फी
मुग्लिन : सडक भासिएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चितवनको इच्छकामना गाउँपालिका ६ नौकिलोमा आज साँझ ७ बजेको आसपासमा सडक भासिएपछि सवारी एकतर्फी मात्र सञ्चालनमा आएको हो ।
सडक छेउमा लगाएको तारको जालीको भाग भासिन गई सडकको अन्दाजी पाँच मिटरको भागमा चिरिएको र एक फुट जति दबिएको प्रहरी नाय उपरीक्षक रिजालले बताउनुभयो ।