इच्छाकामना, २२ मंसिर । हाल स्तरोन्नति भइरहेको मुग्लिन–मलेखु सडक कालोपत्र गर्ने कार्यमा ढिला सुस्ती हुदाँ बजार क्षेत्रमा धुलो, धुवाँको असर अत्यधिक परेकाले काम छिटो सुचारु गर्न सडक क्षेत्रका स्थानीयहरुले आग्रह गरेका छन् । सगरमाथा युवा क्लब इच्छाकामना ३ फिस्लिङ्गले जति सक्दो छिटो सडक कालोपत्रको काम सुचारु गर्न आग्रह गरेका हुन् ।
यहाँ सडक कालोपत्र नहुदाँ अत्याधिक धूलो धुवाँले मानव स्वास्थ्यमा असर पर्न गई जनजिवन प्रभावित बनेको क्लवले जनाएको छ ।
क्लवका सचिव लक्ष्मण श्रेष्ठका अनुसार फिस्लिङ्ग बजार क्षेत्रमा सडक कालोपत्रको काम हुनुपर्नेमा विद्युतको पोल नहटाएका कारण नालीको काम गर्न नपाउँदा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ । आयोजनाले सडकको काम एक हप्ताभित्र सुचारु गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो । एकहप्ताभित्र काम नभए यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही सडक आयोजना हुने क्लवको चेतावनी छ ।
इच्छाखबर संवाददाता












