काठमाडौं : कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। ललितानिवास जग्गा प्रकरणमा मुछिएका पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी( लेपक्राउ पूर्जी जारी गरेको हो। उनीहरुविरुद्ध हिजै पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए। सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४सय ६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ।
ललिता निवास प्रकरणमा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरिसकेको छ। उनीहरू विरुद्ध संगठित अपराधमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
इच्छाखबर संवाददाता












