धादिङ- बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय शिवकुमार कार्की असार ३१ गतेदेखि सम्पर्क विहिन छन् । रोजगारीको लागि कुवेत रहेका उनि नेपाल आएको चार महिनापछि बेपत्ता भएका हुन। यहि साउन २१ गते पुनः वैदेशिक रोजगारीमा कुवेत जाने तयारीमा रहेका उनको हत्या भएको हुन सक्ने आसङ्कामा दोषी पहिचान गरी कार्वाहीको माग गर्दै स्थानीय र परिवारले आन्दोलन चर्काएका छन् । गत असार ३१ गते एउटै गाउँको इन्द्र कँडेल नामगरेको साथी सङ काठमाडौँ घुमेर फर्किएपछी बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा रहेको हुक्का बारमा बियर लगायतको खानेकुरा खाएको र त्यसपछी उनी सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । प्रहरीले कार्कीको फोन डिटेल अनुसार अनुसन्धान जारी राखेको छ । इलाका प्रहरी कार्यालय गजुरीले गरिरहेको अनुसन्धानले कुनै पत्तो नलागेपछि जिल्ला प्रहरी कार्यालयले शुक्रबारदेखिनैआफैँले अनुसन्धान गर्न थालेको र घटनाबारे पत्ता लगाएरै सम्लग्नहरुलाई कारबाहीको दायरामा ल्याइने प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता कार्किको फोन डिटेलको अनुसंधान गर्दा पछिल्लो १० दिनमा चरौदिको हुक्का बार नजिकैको एकजना महिला सङ अत्याधिक फोन सम्पर्क भएको देखिएपछी उक्त महिलालाइ नियन्त्रणमा लिइ अनुसंधान गर्दा उक्त महिलाले कार्किको आफुले हत्यागरेर फालेको भनी बयान दिएको भएपनी अहिले सम्म उनको अबस्था अज्ञात रहेको छ। बाहिर चर्चा भए बमोजिम आरोपी महिला जस्को श्रीमान वैदेशिक रोजगारिमा छन भने उनी घरमा एक्लै बस्दै आइरहेकी थिइन उनले हत्या गर्न सहज नभएको र उनी आफू बिकेर कसैको अपराध आफ्नो टाउकोमा लिन खोजेको भन्दै परिवार र स्थानियले निरन्तर उच्च-स्तरिय अनुसंधानको लागि दवाब दिइरहेका छन। तस्वीरः अशोक श्रेष्ठ
इच्छाखबर संवाददाता












