इच्छाकामना, १२ मंसिर : चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा मंसिर १७ गते हुन गइरहेको बकुल्लहरी जलदेवी मन्दिर धान्य पुर्णिमा वाहा जात्राका लागि समाज सेवी यूवा व्यवसायी विकास तूलाचनले आर्थिक सहयोग गर्नुभएको छ । तूलाचनले मेलालाई सफल बनाउनका लागि रु ५१ हजार सहयोग गर्नुभएको हो । सामाजिक कार्यमा सक्रिय तूलाचन बकुल्लहरी युवा क्लबका सचिव तथा मुस्ताङ प्याराडाइज गेष्टहाउसका प्रोपाइटर हुनुहुन्छ ।
हरेक बर्ष जलदेवी मन्दिरमा मेला लाग्दै आएको छ । १७ गते दिउँसोदेखि सुरु भई रातभर जात्रा लाग्ने र १८ गते विहान पुजाआजा हुने छ । मेलामा सिद्धार्थ आलेमगर दीपिका वयम्बु मगर,पृथ्वी गुरुङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा पञ्चवलीसहित फुलको डोली चढाउने परम्परा रहेको छ । मेलामा चितवन गोरखा, तनुहँ धादिङ लगायतबाट भक्तजनहरु आउने गर्छन् ।

इच्छाखबर संवाददाता












