गोरखा :  अविरल  बर्षका कारण त्रिशुली नदीमा आएको  बाढीले  क्षती पु–याएको गण्डकी गाउँपालिकाका जोड्ने दुई वटा झोलुङ्गे पुल तत्काल निर्माण गर्न पूर्वाधार विभागको ध्यानकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ सहितको टोलीले  आज बिभागमा पुगेर बिभागका निर्देशन भरतप्रसाद अर्याललाई क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले गर्नुभएको आग्रह प्रति सकारात्मक रहेको बिभागले तत्काल क्षतिग्रस्त पुल पुनःनिर्माण गर्न प्राविधिक पठाउने निर्णय गरेको छ ।

गाउँपालिकाको वडा नम्बर–६ स्थित भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको पुल तथा गण्डकी गाउँपालिका वडा नम्बर गण्डकी गाउँपालिका वडा नम्बर ७ ध्याल्चोक र धादिङको  बेनिघाट रोराङ गाउँपालिका ७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुलमा  गएराती आएको भीषण बाढीले क्षति पुगेको थियो ।

पुलमा क्षति पुगेपछि दुवै पालिकाका नागरिकहरुलाई ओहोर दोहोर गर्न समस्या भएपछि गाउँपालिका अध्यक्ष तिमिल्सिनाले तत्काल बिभागमा पुगेर पुल मर्मतका लागि पहल गर्नुभएको हो ।