कांग्रेसीहरुले एकता कायम गरी इमान्दारीताका साथ अगाडि बढे कुनै पनि दलले कांग्रेस मुकाबिला गर्न सक्दैन : मन्त्री लामा
अविरल यात्री
चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता एवं माननीय अर्थमन्त्री बहादुर सिं लामाले पार्टीका सभा सम्मेलनहरु पार्टीभित्र एकता कायम गर्न फलदायी हुने विचार राखेका छन्। सदस्य लामाले कांग्रेस पुरानो पार्टी भएको र यसको जरा गहिराईसम्म पुगेकाले सभा सम्मेलनले पार्टीभित्रका मनमुटाव मेटाएर एकता कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका हुन्।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ३ क चितवनले सोमबार रामपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेल...








