देश / समाज

भित्तो काटेर बनाइएको तुइनखोला पुल सञ्चालनमा

भित्तो काटेर बनाइएको तुइनखोला पुल सञ्चालनमा
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाको पुल सञ्चालनमा आएको छ । दुई वर्ष हिउँदमा सडक रोकेर भित्तो काटेर पहाड भत्काएसँगै पुल निर्माण गरिएको हो ।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार शनिबारबाट यो पु्ल सञ्चालनमा आएको हो । योसँगै नाम्सी खोला पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिए । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि विसं २०७९ र २०८० का हिउँदका तीन÷तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो । तत्कालीन ...

नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा सुक बहादुर गुरुङ

नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा सुक बहादुर गुरुङ
काउले :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँपालिका २ को अध्यक्षमा सुक बहादुर गुरुङ चयन हुनुभएको छ । आज माथिल्लो काउलेमा सम्पन्न वडा सम्मेलनले गुरुङलाई अध्यक्षमा चयन गरिएको छ । यसेबिच उपाध्यक्षमा दीपक मगर, सचिवमा विपिन मगर र कोषाध्यक्ष पार्वती थापालाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्र वडा नम्बर २ का अध्यक्ष प्रकाश बुढाथोकीको सभापतित्व तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा गाउँपालिका संयोजक सावित्री सिलवाल, सचिव र...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको हो। निगमले हवाई इन्धनको मूल्य पनि बढाएको जानकारी गराएको छ। आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।

बढी भाडा असुल्ने माइक्रोलाई एघार हजार पाँचसय जरिवाना

बढी भाडा असुल्ने  माइक्रोलाई एघार हजार पाँचसय जरिवाना
चितवन :  ट्राफिक प्रहरी कार्यालय चितवनले तोकिएको भाडादर भन्दा बढी भाडा लिने माइक्रोलाई कारबाही गरेको छ । नारायणगढदेखि कुरिनटारसम्मलाई ५५०रुपैयाँ भाडा असुल्ने बा २ ख ९३५३ नम्बरको माइक्रो बसलाई रु. ११,५०० (एघार हजार पाँच सय) जरिवाना गरिएको हो ।    सवारीका सञ्चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही गर्नका लागि  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यातायात व्यवस्था कार्यालय भरतपुरलाई पत्राचार गरेको कार्यालयले जनाएको छ ।  यस आर्थिक वर्षमा तोकिएको भाडादर भन्दा बढी भा...

आँबुखैरेनीबाट लागु औषधसहित एक जना पक्राउ

आँबुखैरेनीबाट लागु औषधसहित एक जना पक्राउ
आँबुखैरेनी : तनहुँको आँबुखैरेनीबाट नियन्त्रित लागु औषध सहित एक जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय आँबुृखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नं.४ स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा नियन्त्रित लागु औषध सहित शुक्लागण्डकी नगरपालिका ८ बस्ने वर्ष ३५ को राज कुमार सेनलाई पक्राउ गरिएको हो । पक्राउ परेका सेनको साथबाट यात्रुवाहक माईक्रो बसमा काठमाण्डौबाट पार्सलको रुपमा लुकाई छिपाई पठाइएको अवस्थामा डाइजेपाम ४३ एम्पूल, फेनारगन४३...

उपनिर्वाचन : पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति

उपनिर्वाचन : पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति
काठमाडौं:  स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगले ९ वटा संस्थालाई अनुमति दिएको छ।आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो। ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा दुई जनाको दरले खटाउने गरी आयोगबाट निर्णय भएको थियो। उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक संघसंस्था र व्यक्तिहरुसँग आज अन्तरक्रिया सम्पन्न गरेको थियो। अन्तरक्रियामा कार्यक्रममा पर्यवेक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहि...

मुग्लिनमा ट्राफिक सचेतनामुलक कार्यक्रम तथा डस्टबिन वितरण

मुग्लिनमा ट्राफिक सचेतनामुलक कार्यक्रम तथा डस्टबिन वितरण
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा ट्राफिक सचेतनामुलक तथा डस्टबिन वितरण कार्यक्रम गरिएको छ । जेसीज इच्छाकामना (सम्भावित)ले इलाका प्रहरी कार्यालय मुग्लिन र ट्राफिक प्रहरी कार्यालय मुग्लिनको सहकार्यमा कार्यक्रम सम्पन्न गरेका हुन् । सवारी साधनमा डस्टबिन राख्नुका साथै सवारी ट्राफिक सचेनतामुलक स्टिकरहरु टाँसिएको जेसीज इच्छाकामना (सम्भावित) की अध्यक्ष गोमा लुइटेलले जानकारी दिनुभयो । सडक दुर्घटना न्यूनिकरण र सरसफाईमा टेवा पु¥याउने उदेश्यले कार्यक्रम गरि...

सम्भावित इच्छाकामना जेसिजद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

सम्भावित इच्छाकामना जेसिजद्वारा बालबालिकालाई न्यानो कपडा वितरण
इच्छाकामना :  सम्भावित  इच्छाकामना जेसिजले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ तामिनमा रहेको आधारभूत राष्ट्रिय विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर ट्राउजर र टोपी वितरण गरेका  हुन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचनको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेका हुन् । वडाध्यक्ष शेरचनले बालबालिकाहरुका लागि न्यानो कपडा सहयोग गरेकोमा सम्भावित जेसिज इच्छाकामनालाई धन्यवाद दिनुभयो । साथ...

उपरदाङगढी स्कुल बस दुर्घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे वनमन्त्री कृष्ण सिलवाल

उपरदाङगढी स्कुल बस दुर्घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे वनमन्त्री कृष्ण सिलवाल
चितवन  : चितवनको इच्छाकामना गाउँपालिका ७ उपरदाङगढीमा पिकनिक गएर फर्कदै गरेको विद्यालयको बस दुर्घटनामा परि घाईते भएका पिडितहरुको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले स्वास्थ्य अवस्था बारे बुझेका छन् । आईतबार बेलुका घाईतेहरुको उपचार भैरहेको भरतपुर स्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकलेजमा पुगेर घाइते र परिवारसँग भेट्दै स्वास्थ्य अवस्था बुझेका हुन् । मन्त्री सिलवालले चिकित्सकहरुसँग बिरामीको अवस्था बारे बुझेका थिए पनि पिडित परिवारलाई धैर्य राख्न आग्रह...

नौकिलोमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, २ घाइते

नौकिलोमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, २ घाइते
चितवन : नारायणघाट–मुग्लिन सडकखण्डमा ट्रक पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३(००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका ६ बजेतिर चितवनको नौ किलोमा दुर्घटना भएको थियो। दुर्घटनामा परि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। ...