देश / समाज

जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिका प्रथम

जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिका प्रथम
 गोरखा : जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिकाप्रथम भएका छन् । सामाजिक विकास कार्यालय, गोरखाको शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तरगत जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिकाका तर्फबाट  सुजल सुनार प्रमुख रहेको टोली प्रथम भएका हुन् । प्रतियोगितामा टोली प्रमुख  विजय भवानी मा.वि, गण्डकी–१ का माध्यमिक तह, तृतीय श्रेणी, सामाजिक विषयका शिक्षक सुजल सुनार,  सदस्यहरु श्री ज्ञानमार्ग मा.वि, गण्डकी–७ का निम्न माध्यमिक तह, तृत...

डेढ दशक अघि डढेलोले नष्ट पारेको रसुवा स्थित गत्लाङ डाडाँको वन पुनस्थापना गर्न बागमतीका वनमन्त्री सिलवालको चासो

डेढ दशक अघि डढेलोले नष्ट पारेको रसुवा स्थित गत्लाङ डाडाँको वन पुनस्थापना गर्न बागमतीका वनमन्त्री सिलवालको चासो
रसुवा  :  करिब डेढ दशक अघि भएको आगलागीका कारण नष्ट भएको रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङको डाँडामा रहेको वन पुनःस्थापनाको लागि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले चासो व्यक्त गर्नुभएको छ । उनले एक हप्ता लामो ३ जिल्ला भ्रमणको क्रममा डढेलोले नष्ट गरेको उक्त वन क्षेत्रको अवलोकन गर्दै वन पुनःस्थापनाको लागि चासो व्यक्त गर्नुभएको हो । जिल्लाको ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनको उच्च पहाडी भेगमा पर्ने उक्त वन क्षेत्रमा २०६५ सालतिर ठुलो डँढेलो लाग...

इच्छाकामनाका ३७ जना महिला स्वास्थ्य स्वंयसेविका सम्मानित

इच्छाकामनाका ३७ जना महिला स्वास्थ्य स्वंयसेविका सम्मानित
इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गर्दै  २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएका छन् । बागमती प्रदेश सरकार अन्तरगत जनस्वास्थ्य कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकामा कार्यरत ३७ जना महिला स्वयंसेविकाहरुलाई सम्मान पत्र, माला र टिका लगाएर सम्मान गर्दै  राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएका हुन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाल...

सहिद लखनको नक्कली अपाङ्गताको पत्र लिएर माग्दै हिड्ने दुई जना पक्राउ

सहिद लखनको  नक्कली अपाङ्गताको पत्र लिएर माग्दै हिड्ने दुई जना पक्राउ
खोटाङ :   बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । गोरखाको शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजय...

चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन

चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन
चितवन: सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् । संयन्त्रमा कांग्रेसवाट सभापति राजेश्वर खनाल, सचिव ध्रुव पोखरेल र नेता मिलनबाबु श्रेष्ठ तथा एमालेबाट अध्यक्ष कमल पाठक, जिल्ला इन्चार्ज देवी ज्ञवाली र सचिव प्रकाश ढुङ्गाना सदस्य रहेका छन् । संयन्त्रलाई जिल्लाका स्थानीय तहसम्म विस्तार गर्ने सहमति पनि दलहरुले गरेका छन् । ...

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित
काठमाडौँ :  स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल  पाँच हजार ३३४ मत ल्याए विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएका छन् ।

एनपिएल : काठमाडौं गुर्खाजमाथि चितवनको शानदार जित

एनपिएल : काठमाडौं गुर्खाजमाथि चितवनको शानदार जित
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग ५ विकेटले पराजित भएको छ।  जितका लागि एक सय १२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छदैँ ५ विकेट गुमाएर नै लक्ष्य भेट्टाएको हो। की र्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो।काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे। त्यस्तै माइकल ...

नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी

नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी
जाजरकोट: जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन्। लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन्। एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाइन्।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही विजयी

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही विजयी
काठमाडौं : दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई ४५२ मतान्तरले पराजित गर्दै शाही अध्यक्ष निर्वाचित भएका हुन्।शाहीलाई कुल ३ हजार १२७ मत प्राप्त गरे भने भण्डारीले २ हजार ६७५ मत ल्याए। यस्तै माओवादीका जंगबहादुर बहादुर बरालले ८४२ मत ल्पाए। रास्वपाका प्रकाश बुढाले ११२ मत पाए। यहाँ १२ हजार ६१४ मतदाता रहेकामा ६ हजार ९८९ मत खसको थियो । यो गाउँपालिकामा यसअघि कांग्रेसका लक्षुमन गुरुङ निर्वाचित भएका थिए।।...

ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी

ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी
मोरङ :  मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् । ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।