देश / समाज

स्कुल बस दुर्घटना अपडेट : घाइते बालकको मृत्यु

स्कुल बस दुर्घटना अपडेट :  घाइते बालकको मृत्यु
चितवन : चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका–३ का सावित्री पोखरेलका–८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। शनिबार कालिका नगरपालिका–४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा अपरान्ह कालिका–९ मा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २८...

नेकपा माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा पुष्म चेपाङ

नेकपा माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा पुष्म चेपाङ
हात्तिवाङ : नेकपा माओवादी केन्द्रको इच्छाकामना १ को अध्यक्षमा पुष्म चेपाङ चयन हुनुभएको छ  । आज सम्पन्न वडा सम्मेलनबाट सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।  यसैबिच उपाध्यक्षमा राजु चेपाङ, कोषाध्यक्षमा शर्मिला चेपाङ र सचिवमा भद्र बहादुर चेपाङ चयन हुनुभएको छ । माओवादी केन्द्र वडा नम्बर १ का अध्यक्ष सन्त बहादुर रानाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र वागमति प्रदेश सदस्य  तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि,  प्रदेश सदस्य तथा इच्छाकामनाका संयोजक सावित्री सिल...

स्कुल बस दुर्घटना हुदाँ २८ जना घाइते (घाइतेको नामावलीसहित)

स्कुल बस दुर्घटना हुदाँ २८ जना घाइते (घाइतेको नामावलीसहित)
चितवन  : उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज शनिबार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ...

अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउँछ : प्रचण्ड

अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउँछ :  प्रचण्ड
कुरिनटार ६ मङ्सिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ ।चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले विभाजनको श्रृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभएको हो ।अध्यक्ष प्रचण्डले भन्नुभयो,“अब मिल्नुको विकल्प छैन विभाजनको श्रृङ्खला रोकिएको छ, सबै माओवादीहरु एकताको प्रक्रियामा ...

मनकामना केबलकार सुचारु

मनकामना केबलकार सुचारु
कुरिनटार : नेपालकै पहिलो मनकामना केबुलकार आजदेखि पुन ः नियमित रसञ्चालनमा आएको छ । बुधबार केबलकारको ब्रेक चोपर र २ वटा टावर मर्मतका लागि बन्द गरेको केबलकार आज बिहानैदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिले जनाएको हो । प्रालिले सूचना जारी गर्दै मंसिर ५ गते बुधबार र ६ गते बिहीबार केबुलकारको ब्रेक चोपर र टावर नम्बर १ र २ को परिमार्जन कार्य गर्न बन्द गर्न लागेको जनाएको भएता पनि उक्त कार्य एकै दिनमा काम सकिएकोले सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज...

इच्छाकामना मन्दिरमा आज र भोलि पञ्चमी मेला,विविध सांस्कृतिक कार्यक्रम हुँदै

इच्छाकामना मन्दिरमा आज र भोलि पञ्चमी मेला,विविध सांस्कृतिक कार्यक्रम हुँदै
मुग्लिन  :पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाका अवसर पारेर आज र भोलि मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो । मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । उहाँका अनुस...

होटल जंगल क्राउन चार तारे होटल बन्ने , १ अर्ब लगानीमा नयाँ बन्ने भवनको शिलान्यास

होटल जंगल क्राउन चार तारे होटल बन्ने , १ अर्ब लगानीमा नयाँ बन्ने भवनको शिलान्यास
चितवन :  चितवनको पर्यटकीय नगरी रत्ननगर वडा नं ८ सौराहाको बाघमारा स्थित चर्चित होटल जंगल क्राउन प्रा।लि ‘चार  तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रुपमा परिचत होटल जंगल क्राउन सञ्चालनमा आएको १० वर्षपछि ‘४ तारे’ लक्जरी होटलमा स्तरोन्नति हुने भएको हो । होटल जंगल क्राउनले ‘४ तारे’ स्तर वृद्धि गर्न नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बीच पूर्व पर्यटन मन्त्री प्रेम आलेले शिलन्यास गर्नुभयो ।  ४३ कोठामा सञ्चालन भइरहेकोे होटलमा थप ४० कोठा थपेर ‘४ तारे’ बनाउन ल...

स्थानीय तह उपनिर्वाच : आज मनोनयनपत्र दर्ता हुँदै

स्थानीय तह उपनिर्वाच : आज मनोनयनपत्र दर्ता हुँदै
काठमाडौं : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना...

रामनगरमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते

रामनगरमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते
चितवन : नारायणगड–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीर घाइते भएका छन् । शनिवार राति ९ः५० बजेको समयमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ह ६८० नम्बरको अटो आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परी अटो चालक भरतपुर–१ रामनगर बस्ने वर्ष ३६ को मेन चन्द्र गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीका प्रवक...

उपनिर्वाच : आइतबारदेखि आचारसंहिता लागु हुने

उपनिर्वाच : आइतबारदेखि आचारसंहिता लागु हुने
काठमाडौँ : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले आइतवारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकार...