रिग्दीको असला माछा संरक्षणमा जुट्दै स्थानीय
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाको अग्लो पहाड क्षेत्रको मुहानबाट बग्दै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी । यो रिग्दीखोला वडा नम्बर १ बाट वडा नम्बर २,७ र ६ हुदैँ त्रिशूली नदीमा मिसिन्छ ।
यो खोला कुनै समय असला माछाका कारण निकै परिचित थियो । यहाँ खोला वरपर बसोबास गर्ने स्थानीयहरुले माछा मारेर जिविकोपार्जन समेत गर्थे । तर केही बर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम बढेपछि यहाँका असला मा...