इच्छाकामना :  सम्भावित  इच्छाकामना जेसिजले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ तामिनमा रहेको आधारभूत राष्ट्रिय विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर ट्राउजर र टोपी वितरण गरेका  हुन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचनको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेका हुन् । वडाध्यक्ष शेरचनले बालबालिकाहरुका लागि न्यानो कपडा सहयोग गरेकोमा सम्भावित जेसिज इच्छाकामनालाई धन्यवाद दिनुभयो । साथै उहाँले सरसफाईमा पनि ध्यान दिन अभिभावक तथा बालबालिकाहरुलाई आग्रह गर्नुभयो । सम्भावित जेसिज इच्छाकामनाका अध्यक्ष गोमा लुइँटेलले सहयोग भन्दा पनि माया साट्न आएको बताउनुभयो । उहाँले आगामी दिनमा जेसिजले सामाजिक कार्यहरु गर्दे जाने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायव निरिक्षक अशोक बस्नेतले सडक सुरक्षाका बारेमा जनचेतनामुलक भनाइहरु राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर राना,विद्यालयका प्रधानाध्यापक सञ्जिव सिलवाल, समाजसेवी रामप्रसाद बोहोरा , शिक्षक अभिभावक लगायतको उपस्थिति रहेका थिए ।