मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा ट्राफिक सचेतनामुलक तथा डस्टबिन वितरण कार्यक्रम गरिएको छ । जेसीज इच्छाकामना (सम्भावित)ले इलाका प्रहरी कार्यालय मुग्लिन र ट्राफिक प्रहरी कार्यालय मुग्लिनको सहकार्यमा कार्यक्रम सम्पन्न गरेका हुन् ।
सवारी साधनमा डस्टबिन राख्नुका साथै सवारी ट्राफिक सचेनतामुलक स्टिकरहरु टाँसिएको जेसीज इच्छाकामना (सम्भावित) की अध्यक्ष गोमा लुइटेलले जानकारी दिनुभयो । सडक दुर्घटना न्यूनिकरण र सरसफाईमा टेवा पु¥याउने उदेश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष तेज बहादुर शेरचनको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारी, ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख अशोक बस्नेत, उद्योग वाणिज्य संघ इच्छाकामनाका उपाध्यक्ष तथा मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था.लि. मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठ, मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था.लि. मुग्लिनका अध्यक्ष किशोर गुरुङ लगायतको अतिथि रहनुभएको थियो । कार्यक्रममा जेसीज इच्छाकामना (सम्भावित)का पदाधिकारी तथा सदस्यहरु र स्थानीयहरुको सहभागिता रहेका थिए ।