नेपालसहित तीन देशका १७ कलाकार निकुञ्जमा बसेर चित्र कोर्दै
कञ्चनपुर, २३ कात्तिक। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ ।नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त छन् ।
चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् ।
आरक्ष किनारको शुक्लाफाँटा जंगल कटेजमा कलाकारहरु बिहानदेखि चित्र बनाउन व्यस्त हुने गरेका छन् ।
प्रक...