चितवनमा चार हजार ५४२ घर परिवारको पुनःनिर्माण सम्झौता
चितवन , २३ कात्तिक। । जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरपरिवारको पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको छ ।
गुनासो व्यवस्थापनसम्बन्धी यहाँ आयोजना गरिएको अभिमुखीकरण अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ७९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ ।
जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र का...