देश / समाज

आँबुखैरेनीको बेनिटारबाट लागु औषधसहित एक जना पक्राउ

आँबुखैरेनीको बेनिटारबाट लागु औषधसहित एक जना पक्राउ
आँबुखैरेनी :  तनहुँमा लागु औषधसहित  एक जना पक्राउ परेका  छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पृथ्वीराजमार्ग अत्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारमा मङ्गलबा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा  लमजुङको  मर्स्याङ्दी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३० को श्याम कुमार तामाङलाई ट्रमाडोल  लेखिएको जम्मा ९०० क्याप्सुल नियन्त्रित लागु औषधसहित  पक्राउ गरिएको हो । पक्राउ परेका तामाङमाथि   थप अनुसन्धान कार्य भईरहेको प्रहीले जनाएको छ ।

महाशिवरात्रीको दिन मनकामना बक्रेश्वर महादेब, गुरु गोरखनाथ ध्यान गुफामा शान्ति पुजासहित मेला लाग्ने 

महाशिवरात्रीको दिन मनकामना बक्रेश्वर महादेब, गुरु गोरखनाथ ध्यान गुफामा शान्ति पुजासहित मेला लाग्ने 
गोरखा :  गोरखाको सहिद लखन २ स्थित मनकामना बक्रेश्वर महादेब, गुरु गोरखनाथ ध्यान गुफामा शान्ति पुजासहित  फागुन १४ गते महाशिवरात्रिका दिन मेला लाग्ने भएको छ ।  मेलाको अवसरमा महादेब मन्दिर र गोरखनाथ गुफामा  देशको सान्तीको लागि दियो बत्ती बाल्ने, ग्रह सान्तीको पुजा लगायत विभिन्न पुजा प्रसादीको  कार्यक्रम हुने छ । महन्त (योगि सिद्ध नाथ  पुजारी) सर्बनाथ योगि , बक्रेश्वोर महादेब पुजारी फणेन्द्र लामिछाने तथा बक्रेस्वोर गुरुगोरखनाथ गुफा परिवारको सौजन्यमा पुजा तथा मेला हुने भएको हो । ...

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना
चितवन : जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन् । चालु आर्थिक वर्...

त्रिशूली नदीमा बेपत्ता चितवनका रोहित रानाको शव ९ दिनपछि फेला

त्रिशूली नदीमा बेपत्ता चितवनका रोहित रानाको शव ९ दिनपछि फेला
मुग्लिन : नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका १ रामनगर बस्ने बर्ष २७ को रोहित रानाको शव ९ दिनपछि आज विहान ७ बजे फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  दुर्घटना भएको करिब सय मिटर तल नदीमा तैरीरहेको अवस्थामा फेला परेको हो । रानाको शवलाई स...

रिग्दीको असला माछा संरक्षणमा जुट्दै स्थानीय

रिग्दीको असला माछा संरक्षणमा जुट्दै स्थानीय
इच्छाकामना :  चितवनको  इच्छाकामना गाउँपालिकाको अग्लो पहाड क्षेत्रको मुहानबाट बग्दै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी । यो रिग्दीखोला वडा नम्बर १ बाट वडा नम्बर २,७ र ६  हुदैँ  त्रिशूली नदीमा मिसिन्छ । यो खोला कुनै समय असला माछाका कारण निकै परिचित थियो । यहाँ खोला वरपर  बसोबास गर्ने स्थानीयहरुले माछा मारेर जिविकोपार्जन समेत गर्थे । तर केही बर्षयतादेखि  खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम बढेपछि यहाँका असला मा...

लेवाटारमा मिनी ट्रक अनियन्त्रित भई पल्टिदाँ १९ वटा खसी–बोका मरे

लेवाटारमा मिनी ट्रक अनियन्त्रित भई पल्टिदाँ १९ वटा खसी–बोका मरे
कुरिनटार,२७ माघ :  चितवनमा खसी र बोका बोकेको ट्रक दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला  भण्डारीका अनुसार आज(आइतबार) विहान ६ : ३० बजेको समयमा पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा बर्दियाबाट काठमाडौँ तर्फ खसी र बोका लिएर जादैँ गरेको भे १ क २३६२ नम्बरको मिनी ट्रक  अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो ।  दुर्घटनामा परि खसी र बोका गरि  १९ वटा मरेको उहाँले  जानकारी दिनुभयो ।  उक्त ट्रकमा १४३ वटा खसी–बोका रहेको  प्रहरीले ...

सेतीदोभानमा बस दुर्घटना हुदाँ २४ जना घाइते , दुईको अवस्था गम्भीर

सेतीदोभानमा बस दुर्घटना हुदाँ २४ जना घाइते , दुईको अवस्था गम्भीर
चितवन :  नारायणगढ मुग्लिन –सडकखण्ड अन्तरगत भरतपुर २९ स्थित सेतीदोभानमा बस दुर्घटना हुदाँ २४ जन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु.प्र.०३–००१ख ००७७ नम्बरको बस पुलबाट तल खोल्सामा खसेको हो। घाइते मध्ये दुइृ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको सबैको सिएमसी भरतपुरमा उपचार भइरहेको छ । बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको चितवन प्रहरीले जनाएको छ। बसमा २८ जना सवार थिए ।

कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालन, एक क्लिकमा आइपुग्छ उद्धार टोली

कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालन, एक क्लिकमा आइपुग्छ उद्धार टोली
चितवन २५माघ :  सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन,मुग्लिन–नौविसे सडक खण्ड र आसपासका क्षेत्रमा हुने विपद्जन्य घटनाबारे नागरिकबाट तत्काल सहयोगको अपिलसहित सुरक्षाकर्मीले जानकारी प्राप्त गर्नका लागि सूचना प्रविधि जडान गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीका अनुसार स्मार्ट मोवाइल भएका कुनै पनि नागरिकले यो...

जिफन्ट इच्छाकामनाको अध्यक्षमा हेमन्तमणी सापकोटा

जिफन्ट इच्छाकामनाको अध्यक्षमा हेमन्तमणी सापकोटा
इच्छाकामना :  नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट इच्छाकामना गाउँपालिकाको अध्यक्षमा हेमन्तमणी सापकोटा चयन भएका छन् । आज सम्पन्न भेलाले उपाध्यक्षमा ज्ञानबहादुर थापा, सचिवमा बनुमाया गुरुङ, सहसचिवमा कुलबहादुर गुरुङलाई चयन गरेका छन् ।  यसैबिच सदस्यहरुमा  दिपक गुरुङ, चन्द्रबहादुर चेपाङ र भविन विक रहेका छन् ।