चितवन :  नारायणगढ मुग्लिन –सडकखण्ड अन्तरगत भरतपुर २९ स्थित सेतीदोभानमा बस दुर्घटना हुदाँ २४ जन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु.प्र.०३–००१ख ००७७ नम्बरको बस पुलबाट तल खोल्सामा खसेको हो। घाइते मध्ये दुइृ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको सबैको सिएमसी भरतपुरमा उपचार भइरहेको छ ।
बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको चितवन प्रहरीले जनाएको छ। बसमा २८ जना सवार थिए ।