आँबुखैरेनी :  तनहुँमा लागु औषधसहित  एक जना पक्राउ परेका  छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पृथ्वीराजमार्ग अत्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारमा मङ्गलबा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा  लमजुङको  मर्स्याङ्दी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३० को श्याम कुमार तामाङलाई ट्रमाडोल  लेखिएको जम्मा ९०० क्याप्सुल नियन्त्रित लागु औषधसहित  पक्राउ गरिएको हो ।
पक्राउ परेका तामाङमाथि   थप अनुसन्धान कार्य भईरहेको प्रहीले जनाएको छ ।