कुरिनटार,२७ माघ :  चितवनमा खसी र बोका बोकेको ट्रक दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला  भण्डारीका अनुसार आज(आइतबार) विहान ६ : ३० बजेको समयमा पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा बर्दियाबाट काठमाडौँ तर्फ खसी र बोका लिएर जादैँ गरेको भे १ क २३६२ नम्बरको मिनी ट्रक  अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो ।  दुर्घटनामा परि खसी र बोका गरि  १९ वटा मरेको उहाँले  जानकारी दिनुभयो ।  उक्त ट्रकमा १४३ वटा खसी–बोका रहेको  प्रहरीले जनाएको छ ।