इच्छाकामना :  नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट इच्छाकामना गाउँपालिकाको अध्यक्षमा हेमन्तमणी सापकोटा चयन भएका छन् ।

आज सम्पन्न भेलाले उपाध्यक्षमा ज्ञानबहादुर थापा, सचिवमा बनुमाया गुरुङ, सहसचिवमा कुलबहादुर गुरुङलाई चयन गरेका छन् ।  यसैबिच सदस्यहरुमा  दिपक गुरुङ, चन्द्रबहादुर चेपाङ र भविन विक रहेका छन् ।