गोरखा :  गोरखाको सहिद लखन २ स्थित मनकामना बक्रेश्वर महादेब, गुरु गोरखनाथ ध्यान गुफामा शान्ति पुजासहित  फागुन १४ गते महाशिवरात्रिका दिन मेला लाग्ने भएको छ ।  मेलाको अवसरमा महादेब मन्दिर र गोरखनाथ गुफामा  देशको सान्तीको लागि दियो बत्ती बाल्ने, ग्रह सान्तीको पुजा लगायत विभिन्न पुजा प्रसादीको  कार्यक्रम हुने छ ।
महन्त (योगि सिद्ध नाथ  पुजारी) सर्बनाथ योगि , बक्रेश्वोर महादेब पुजारी फणेन्द्र लामिछाने तथा बक्रेस्वोर गुरुगोरखनाथ गुफा परिवारको सौजन्यमा पुजा तथा मेला हुने भएको हो ।
बक्रेश्वर मन्दिर गुरु गोरखनाथ गुफा दर्शन गर्दा वाक्य नआएका  बच्चा हरुको वाक्य खुल्ने विश्वास रहदैँ आएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको छ । बक्रेश्वर मन्दिरमा भाकल गरेकाले भाकल पूरा गर्न मन्दिरमा रहेका महादेवलाई बेलपत्र, गाईको दूध, जनैसुपारी, पहेँलो कपडा, शङ्ख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिर पञ्चवलिसमेत  दिइन्छ ।
यो मन्दिरमा हाँस, कुुखुरा, भेडा, राँगो, बोकाको बलि चढ्छ । मन्दिरमा हरेक दिन बिहान नित्य पूजा हुन्छ भने बेलुकी धूपबत्ती गर्ने प्रचलन रहँदै आएको छ ।मन्दिरमा शिवरात्रि र तीज पर्वका दिन विशेष मेला लाग्न छ भने साउनको  हरेक सोमबार पनि विशेष पूजा गर्ने गरिन्छ । स्वस्थानी व्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरीर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जङ्गलमा सतिदेवीको जिब्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको उल्लेख गरिएको छ ।
बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर नजिक पर्दछ । प्रचार प्रसारको कमीका कारण ओझेलमा परेको यस बक्रेश्वर मन्दिर र गुरु गोरखनाथ ध्यान गुफा आझेलमा पर्दै आएको छ । पछिल्लो समय भने  मनकामना आउने दर्शनार्थीहरु यहाँ पुग्ने गर्छन् ।