इच्छाकामना :  चितवनको  इच्छाकामना गाउँपालिकाको अग्लो पहाड क्षेत्रको मुहानबाट बग्दै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी । यो रिग्दीखोला वडा नम्बर १ बाट वडा नम्बर २,७ र ६  हुदैँ  त्रिशूली नदीमा मिसिन्छ ।
यो खोला कुनै समय असला माछाका कारण निकै परिचित थियो । यहाँ खोला वरपर  बसोबास गर्ने स्थानीयहरुले माछा मारेर जिविकोपार्जन समेत गर्थे । तर केही बर्षयतादेखि  खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम बढेपछि यहाँका असला माछा  मासिदैँ गएका  छन् ।
विषादी हाल्ने र करेन्ट लगाउने क्रम नरोकिएपछि स्थानीयहरु माछासहित जलचरप्राणीहरुको संरक्षण गर्न लागी परेका छन् । वडा नम्बर २ का स्थानीयहरुले  शनिबार एक भेला आयोजना गरि माछा संरक्षण समिति नै गठन गरेका  छन् । संरक्षण समितिले विषादी र करेन्ट प्रयोगले पार्ने असर बारे खोला आसपास बसोबास गर्ने स्थानीयहरुलाई  जानकारी गराउने, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरि विषादी र करेन्ट प्रयोग गर्दा हुने कानुनी कारबाही लगायतका जनचेतनामुलक कार्यक्रम गर्ने,सुचना बोर्डहरु राख्ने लगायतका  काम गर्ने माछा संरक्षण समितिका अध्यक्षहस्त बहादुर  प्रजाले बताउनुभयो । सम्झाउँदा बुझाउँदा पनि अटेर गरे समितिले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनलाई जानकारी गराउने पनि उहाँले बताउनुभयो ।
गाउँपालिकाले पनि पछिल्लो केही वर्षदेखि खोलामा विषादी नहाल्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको गाउँपालिका  अध्यक्ष दान बहादुुर गुरुङले बताउनुभयो ।  विषादी हाल्ने र करेन्ट लगाउने गरेमा  वडा कार्यालय, गाउँपालिका कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको उहाँले बताउनुभयो । विषादी हाल्ने र  करेन्ट लगाउनेलाई  कानुनी कारबाही गरिने गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
स्थानीय शेर बहादुर  प्रजाका अनुसार पहिले –पहिले जाल खेल्दै जाँदा पाँच /छ पटकमा फुर्लुङ भरिने गथ्र्यो ।  यहाँका स्थानीयले माछा सुुकुटी बनाएर बजार सम्म बेच्न पु¥याइन्थ्यो ।  अहिले दिनभरमा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको  छ । उहाँले भन्नुभयो, “यहाँका स्थानीयले  पहिले माछा सुकुटी बनाएर बजार समम बेच्न लगिन्थ्यो अहिले दिनभर जाल खैल्दै जादाँ एक छाक पुग्ने माछा पाउन मुस्किल हुन्छ ।”
अर्का स्थानीय  टिका बहादुुर गुरुङले स्थानीय  सरकारले रिग्दीको असला माछालाई संरक्षण गरि  यसैलाई ‘ब्रान्ड’ बनाउन सकिने बताउनुभयो ।  माछा संरक्षणका लागि स्थानीय सरकारले विषादी हाल्ने करेन्ट लगाउनेलाई पूर्णरुपमा रोक्नुपर्ने उहाँको भनाई छ ।  उहाँले भन्नुभयो,“ परम्परागत रुपमा माछा मार्न दिएर विषादी हाल्ने र करेन्ट लगाउनेलाई पूर्णरुपमा रोक्नुपर्छ, यहाँको असला माछालाई ब्रान्ड बनाउन सकिन्छ,स्थानीयको आयआर्जनको स्रोत बन्नेछ ।”