Banner News

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मुग्लिन  : चितवनको इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  आर्थिक बर्ष ०८१/०८२ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई  मुग्लिनमा सम्पन्न भएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सार्वजनिक  सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङ, वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचन  लगायतले दिनुभएको थियो । कार्यक्रममा गा...

चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीमा निशुल्क स्वास्थ्य शिबिर,२३५जनाले लिए सेवा

चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीमा निशुल्क स्वास्थ्य शिबिर,२३५जनाले लिए सेवा
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ६  स्थित  चन्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकिमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । निशुल्क स्वास्थ्य शिबिर तथा नसर्ने रोग अभियान अन्तरगत  इच्छाकामना गाउपालिकाको आयोजनामा  आइतबार नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा  चिकित्सकहरुद्वारा  स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । शिबिरमा २३५ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएको  गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले  बताउनुभयो  । उहाँका अनुसार शिबिरमा  ११५...

इच्छाकामना जेसीज (प्र)द्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री,सेनेटरी प्याड वितरण तथा साइबर क्राइम सम्बन्धी सचेतना

इच्छाकामना जेसीज (प्र)द्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री,सेनेटरी प्याड वितरण तथा साइबर क्राइम  सम्बन्धी सचेतना
इच्छाकामना :  चितवनको इच्छाकामनामा विद्यार्थीहरुलाई साईबर क्राइम सम्बन्धी जानकारी दिनुका साथै छात्राहरुलाई सेनेटरी प्याड र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा इच्छाकामना जेसीज प्रस्तावितको आयोजना तथा लायन्सक्लव अफ गैँडाकोट सप्तरंगी र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त आयोजनामा गाँउपालिकाको श्री माध्यामिक विद्यालय ढुंग्रेका विद्यार्थीहरुलाई सेनेटरी प्याड र शैक्षिक सामाग्री वितरण गरिएको हो । सो विद्यालयका कक्षा १ द...

बेनीघाट रोराङमा ‘पालिकासँग महिलाको कुरा’ कार्यक्रम सम्पन्न

बेनीघाट रोराङमा ‘पालिकासँग महिलाको कुरा’ कार्यक्रम सम्पन्न
विशालटार :  धादिङको बेनीघाट रोराङमा  पालिकासँग महिलाको कुरा’कार्यक्रम सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सांसद कञ्चन खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । फागुन २४ गते ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।सोही अवसर पारेर गाउँपालिकाले मंगलबार कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि खनालले महिला पुरुष सरह सबै क्षेत्रमा सक्षम भएको  बताउनुभयो । नेपालमा  संघीय गणतन्त्र स्थापना गर्नका लागि दश बर्षे जनयुद्धमा महिला...

इच्छाकामनामा सुरक्षित आप्रवासनबारे सरोकारवालाहरुलाई अभिमुखीकरण

इच्छाकामनामा सुरक्षित आप्रवासनबारे सरोकारवालाहरुलाई अभिमुखीकरण
कुरिनटार : चितवनको इच्छाकामनामा सुरक्षित आप्रवासन -सामी_ कार्यक्रम अन्तरगत सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।वैदेशिक रोजगार सम्बन्धि उत्पन्न हुने समस्याको बारेमा इच्छाकामनाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी गराउने र सुझाव लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र र सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चितवनका संयोजक सूर्य पौडेलले सामी कार्यक्रमको उदेश्य र गति...

इच्छाकामनामा पूर्ण खोप सुनिश्चितता सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न

इच्छाकामनामा पूर्ण खोप सुनिश्चितता सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न
कुरिनटार :  इच्छाकामनामा नियमित खोप सुदृढिकरण पूर्णखोप सुनिशिचतता र दिगोपना सुक्ष्म योजना अध्यवधिक र सरसफाई प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा गाउँपालिका कार्यालयको सभाहलमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा गाउँपालिका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले पूर्णखोप सुनिशिचतता घोषणा र दिगोपनाका बारे  जानकारी गराउनुभएको थियो । उहाँका अनुसार  जन्मिएको देखि १५ महिना र १६ देखि ५९ महिना सम्मको बालबच्चाको अवस्थाको तथ्या...

आँबुखैरेनीको बेनिटारबाट लागु औषधसहित एक जना पक्राउ

आँबुखैरेनीको बेनिटारबाट लागु औषधसहित एक जना पक्राउ
आँबुखैरेनी :  तनहुँमा लागु औषधसहित  एक जना पक्राउ परेका  छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पृथ्वीराजमार्ग अत्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारमा मङ्गलबा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा  लमजुङको  मर्स्याङ्दी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३० को श्याम कुमार तामाङलाई ट्रमाडोल  लेखिएको जम्मा ९०० क्याप्सुल नियन्त्रित लागु औषधसहित  पक्राउ गरिएको हो । पक्राउ परेका तामाङमाथि   थप अनुसन्धान कार्य भईरहेको प्रहीले जनाएको छ ।

महाशिवरात्रीको दिन मनकामना बक्रेश्वर महादेब, गुरु गोरखनाथ ध्यान गुफामा शान्ति पुजासहित मेला लाग्ने 

महाशिवरात्रीको दिन मनकामना बक्रेश्वर महादेब, गुरु गोरखनाथ ध्यान गुफामा शान्ति पुजासहित मेला लाग्ने 
गोरखा :  गोरखाको सहिद लखन २ स्थित मनकामना बक्रेश्वर महादेब, गुरु गोरखनाथ ध्यान गुफामा शान्ति पुजासहित  फागुन १४ गते महाशिवरात्रिका दिन मेला लाग्ने भएको छ ।  मेलाको अवसरमा महादेब मन्दिर र गोरखनाथ गुफामा  देशको सान्तीको लागि दियो बत्ती बाल्ने, ग्रह सान्तीको पुजा लगायत विभिन्न पुजा प्रसादीको  कार्यक्रम हुने छ । महन्त (योगि सिद्ध नाथ  पुजारी) सर्बनाथ योगि , बक्रेश्वोर महादेब पुजारी फणेन्द्र लामिछाने तथा बक्रेस्वोर गुरुगोरखनाथ गुफा परिवारको सौजन्यमा पुजा तथा मेला हुने भएको हो । ...

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना
चितवन : जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन् । चालु आर्थिक वर्...

त्रिशूली नदीमा बेपत्ता चितवनका रोहित रानाको शव ९ दिनपछि फेला

त्रिशूली नदीमा बेपत्ता चितवनका रोहित रानाको शव ९ दिनपछि फेला
मुग्लिन : नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका १ रामनगर बस्ने बर्ष २७ को रोहित रानाको शव ९ दिनपछि आज विहान ७ बजे फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  दुर्घटना भएको करिब सय मिटर तल नदीमा तैरीरहेको अवस्थामा फेला परेको हो । रानाको शवलाई स...