
कुरिनटार : इच्छाकामनामा नियमित खोप सुदृढिकरण पूर्णखोप सुनिशिचतता र दिगोपना सुक्ष्म योजना अध्यवधिक र सरसफाई प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा गाउँपालिका कार्यालयको सभाहलमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले पूर्णखोप सुनिशिचतता घोषणा र दिगोपनाका बारे जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार जन्मिएको देखि १५ महिना र १६ देखि ५९ महिना सम्मको बालबच्चाको अवस्थाको तथ्यांक संकलन गरिने छ । खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोप लगाइने छ ।
गाउँपालिकालाई वैशाखको अन्तिम साताभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरि अभियान सुरु गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा वडाहरुमा खोप सुनिश्चितता घोषणा गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष माया सिलवालले कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई लागी पर्न आग्रह गर्नुभयो । उपाध्यक्ष सिलवालले भन्नुभयो,“ कुनै पनि बालबालिका खोप लगाउनबाट बञ्चित हुनुहुदैँन, हामी सबै सक्रिय भएर लाग्नुपर्छ ।” कार्यक्रममा जनप्रतिनिधि , स्वस्थ्यकर्मी र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।