मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष ०८१/०८२ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई मुग्लिनमा सम्पन्न भएको हो ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचन लगायतले दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु,स्थानीय,राजनितिक दलका प्रतिनधिहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य र प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२को दोश्रो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

इच्छाखबर संवाददाता












