कुरिनटार : चितवनको इच्छाकामनामा सुरक्षित आप्रवासन -सामी_ कार्यक्रम अन्तरगत सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।वैदेशिक रोजगार सम्बन्धि उत्पन्न हुने समस्याको बारेमा इच्छाकामनाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी गराउने र सुझाव लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र र सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चितवनका संयोजक सूर्य पौडेलले सामी कार्यक्रमको उदेश्य र गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
परियोजना सुरु भएपछि विदेशमा मृत्यु भएका १ सय ५ वटा शव चितवन ल्याउन सफल भएको परियोजनाले जनाएको छ । यस्तै विदेशमा अलपत्र, बेपत्ता, बन्धक र जेल लगायतमा बसेका व्यक्तिहरुको समेत उद्वार गरिएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र पूर्ण रुपमा आर्थिक सहायता पाएका परिवारका छोरा छोरीलाई २३ लाख ९२ हजार रुपैयाँ छात्रवृद्धि समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक सूर्य पौडेलले बतानुभयो । उहाँका अनुसार  बामती प्रदेशमा चितवनबाट वैदेशिक रोजगारीमा जानेको संख्या सबै भन्दा बढी छ ।
वैदेशिक रोजगारीका क्रममा ठगिने भएकाले परामर्श  आवश्यक रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । विदेशमा गएपछि समस्या पर्ने भएकाले सिप सिकेर जानुपर्ने उहाँको भनाई छ। जसका लागि गाउँपालिकाले विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको बताउनुभयो । यस कार्यक्रमलाई प्रभावकारी बनाउका लागि प्रत्येक वडाका टोलटोलमा जनचेतनामुलक कार्यक्रम गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । वैदेशिक रोजगारीबारे आवश्यक परामर्श सेवा गाउँपालिकाबाटै प्राप्त हुने कुरा सबै नागरिकले थाहा पाउने गरि गाउँटोलमा पु¥याउन कार्यक्रममा सहभागीहरुलाई आग्रह गर्नुभयो ।

IMG_98591741189246.JPG
कार्यक्रममा उपाध्यक्ष माया सिलवाल,वडाध्यक्षहरु विभिन्न शाखाका कर्मचारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

परियोजनाले जिल्ला प्रशासन कार्यालय, स्थानिय तह, वैदेशिक रोजगार विभाग,राजदुतावास, कन्सुलर सेवा, संघ तथा प्रदेश सरकारको समन्वय र सहकार्यमा काम गर्दै आएको छ ।

IMG_98531741189442.jpg