
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चन्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकिमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । निशुल्क स्वास्थ्य शिबिर तथा नसर्ने रोग अभियान अन्तरगत इच्छाकामना गाउपालिकाको आयोजनामा आइतबार नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । शिबिरमा २३५ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले बताउनुभयो । उहाँका अनुसार शिबिरमा ११५ जनाको सुगर जाँच, ८० जनाको खकार जाँच ८५ जनाको पिसाव जाँच, मुटुका लागि इ.सि.जि. सेवा १३ जना , पाठेघरको मुखको क्यान्सर सम्बन्धि भिआइए ३६ जना गर्भवतिको भिडियो एक्सरे ३ जना, परिवार नियोजनका लागि इम्प्लान्ट सेवा ३ जना पोषण सम्बन्धि बिएमआई(तौल उचाई) जाँच १७५ जना,र १७५ जनाको रक्तचाप मापन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले शिविरको समुद्घाटन गर्नुभएको थियो ।