कुरिनटार :  चितवननको  इच्छाकामना ४ कुरिनटारमा एक दिने  नि :  शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  नारायणगढ जेसिज को आयोजना तथा  लायन्स क्लब अफ चितवन सेवक र इच्छाकामना गाउँपालिकाको  सह-आयोजनामा   गाउँपालिकाको प्राङ्गणमा  बृहत् नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा ११० जनाले  स्वास्थ्य सेवा लिएको  गाउँपालिका स्वास्थ्य शाखा  प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।   शिविरमा  विभिन्न रोगाका विशेषज्ञ चित्सिकहरुद्धारा स्वास्थ्य जाँच तथा उपचार गरिएको  प्रमुख देवकोटाले  बताउनुभयो ।  शिविरको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच  समुद्घाटन गर्नुभएको थियो ।