कुरिनटार :  पहिरोका कारण  अवरुद्ध  पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । पहिरो पञ्छाएपछि राती ९ ः ४५ बजेदेखि राजमार्ग दुइतर्फी सञ्चालनमा आएको इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ  । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार  चितवनको इच्छाकामना गाउँपालिका ४ नाग्दी खोला नजिकै  शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुइतर्फी रूपमा नै अवरूद्ध बनेको थियो  ।
पहिरोका कारण  राजमार्ग अवरुद्ध बनेपछि काठमाडौँ तर्फ जान हिडँेका सवारी साधन मुग्लिन र  काठमाडौँबाट मुग्लिन तर्फ हिडेँका साधनहरु कुरिनटारमै रोकेका थिए ।
पहिरो पञ्छाएसगैँ  सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् ।