मुग्लिन : नारायणगढ– मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना ६ टोपेखोलामा विहान ६ बजे पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले सडक दुइतर्फी नै रोकेर पहिरो पञ्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ । सवारी साधनलाई मुग्लिन र जुगेडीमा रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
इच्छाखबर संवाददाता












