Banner News

मुुख्यमन्त्री जम्कटेल २० गते कुरिनटार आउँदै

मुुख्यमन्त्री जम्कटेल २० गते कुरिनटार आउँदै
 कुरिनटार  ः  बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कटेल भदौँ २० गते कुरिनटार आउने भएको छ । धादिङ चेली इच्छाकामना सहयात्री संस्थाद्धारा आयोजित बृहत तीज गीत प्रतियोगिता कार्यक्रमको मुख्य अतिथिको रुपमा कुरिनटार आउन लागेका हुन्  । धादिङ चेली इच्छाकामना महिला सहयात्रि संस्थाले नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा भदौ २० गते श्री कृष्ण जन्माष्टमीको दिन कुरिनटारमा वृहत तीजगीत प्रतियोगिता आयोजना गरेका हो । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, ...

एसिया कपमा नेपालले आज बलियो प्रतिद्धन्दी भारतको सामना गर्दै

एसिया कपमा नेपालले आज बलियो प्रतिद्धन्दी  भारतको सामना गर्दै
काठमाडौं  :   एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज अर्को महारथी टोली भारतसँग खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो। श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ​ डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ। एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खे...

इच्छाकामनामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु

इच्छाकामनामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु
इच्छाकामना  :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीले  जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको छ ।  सात वटै वडामा  आज  अभियानको उद्घाटन गरिएको हो । यसैक्रममा माओवादी केन्द्र वडा नम्बर ३ ले चुम्लिङटारमा  सरसफाई प्रवर्धन  सम्बन्धी कार्यक्रम गरि अभियानको सुरुवात गरेको छ ।द सेवा नेपालका अध्यक्ष श्रीेरेन्द्रप्रकाश पोखरेलले सरसफाई प्रवर्धन  बारे प्रशिक्षण दिनुभएको थियो । माओवादी केन्द्रका प्रदेश सल्लाहकार गोवद्र्धन अधिकारी नेकपा माओवादी केन्द्र इच्छाकामनाका संयोजक...

नेपाली काङ्ग्रेस कालजयी पार्टी हो : लेखक

नेपाली काङ्ग्रेस कालजयी पार्टी हो  : लेखक
अविरल यात्री भरतपुर  :  नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काङ्ग्रेस कालजयी पार्टी भएको बताएका छन् । “मुलुकको व्यवस्था बदलेर पनि देशमा सबैभन्दा ठुलो पार्टी रहिरहन्छ भने त्यो कालजयी पार्टी हुन्छ । नेपाली काङ्ग्रेस त्यस्तै पार्टी हो” लेखकले भने । नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर ३ ले शनिबार भरतपुर-१९ शारदानगरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै लेखकले हिजो संवैधानिक राजतन्त्रको धारणालाई बोकेर संविधान निर्माण गर्दा पनि ...

साप्ताहिक सञ्जाल चितवनको अध्यक्ष सूर्य वराल

साप्ताहिक सञ्जाल चितवनको अध्यक्ष सूर्य वराल
भरतपुर  :   साप्ताहिक  सञ्जाल  चितवनको अध्यक्षमा सूर्य वराल  चयन भएका छन् ।  भरतपुर महानगर २९ भतेरी स्थित फनपार्क  रिर्सोटमा शनिबार सम्पन्न प्रथम अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह–सचिवमा बबिलाल तामाङ र कोषाअध्यक्षमा हरि लक्की कार्की  निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यमा ,हरि प्रसाद भुवन उप्रेती र पछि दुई सदस्य थप्ने गरि कार्यसमिति चयन भएको छ  भने प्रवक्तामा नबिन बाबु मरहट्टालाई चयन गरिएको छ ।...

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालद्वारा मलेसिया पराजित

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालद्वारा  मलेसिया पराजित
काठमाडौं :  आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ।  क्लालाम्पुरस्थित बायमास ओभलमा घरेलु टोली मलेसियालाई नेपालले ५ रनले पराजित गरेको हो। ८५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो। मलेसियाका लागि कप्तान जुलिया वान रोस्लीले  सर्वाधिक २८ रनको योगदान गरिन्। त्यस्तै एइना हमिजाले १४ रन बनाइन्। नेपालका कविता कुँवर र कविता जोशीले समान २-२ विकेट  लिए। रुविना क्षेत्री र अस्मिना कर्मचा...

बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य, २० बेपत्ता

बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य, २० बेपत्ता
काठमाडौं  :  मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ।मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै ३० जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए। उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए। यस्तै पहिरोमा पर...

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुइतर्फी सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुइतर्फी सुचारु
  मुग्लिन :   पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुइर्फी नै  सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका चितवनको इच्छाकामना  ६ टोपेखोलामा आज बिहान ६ बजे  पहिरो खसेपछि सडक अवरुद्ध बनेका थिए । पहिरो  पञ्छाएसगैँ  बिहान ८ :  १०  बजेदेखी सडक दुइतर्फी सञ्चालनमा आएको कार्यालयले जनाएको छ । पहिरो  पञ्छाएसगैँ  सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् । यस सडक खण्डमा पटक पटक पहिरो खस्ने गरेका कारण  यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

आज, जनै पूर्णिमा रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा

आज, जनै पूर्णिमा रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा
काठमाडौं :  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।​ तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।​ सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणल...

नारायणगढ–मुग्लिन सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडक एकतर्फी
मुग्लिन : नारायणगढ– मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना  ६ टोपेखोलामा विहान ६ बजे  पहिरो खसेपछि सडक  एकतर्फी मात्र  सञ्चालनमा आएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले सडक दुइतर्फी नै रोकेर पहिरो  पञ्छाउने काम सुरु  गरिएको  प्रहरीले जनाएको छ ।  सवारी साधनलाई मुग्लिन र जुगेडीमा रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।