कुरिनटार :  पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध बनेको हो ।अहिले पहिरो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरु मुग्लिन र काठमाडौँबाट मुग्लिन तर्फ आउने सवारी साधनहरु कुरिनटारमै रोकिएका छन् ।