मुग्लिन :   पहिरोका कारण  नारायणगढ मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।   चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा खसेपछि  सडक एतर्फी मात्र सञ्चालनमा आएको हो   । निरन्तर वर्षा भैरहेको कारण आज बिहान पहिरो खसेको हो । अहिले सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।