मुग्लिन : चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ।शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण परियार पुलमा झुण्डिएका थिए। उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भए पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जनाको टोली खटिएको थियो। उक्त टोलीले रोप रेस्क्यु विधिबाट उनको उद्धार गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार परियारको उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाइएको छ। उनले हाम्फाल्न खोज्नुको कारण खुलेको छैन।
इच्छाखबर संवाददाता












