इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीको विरुवा वितरण
इच्छाकामना , १६ असार । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय किसानहरूलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीका विरुवाहरू वितरण गरेको छ।गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीका अनुसार यसपालि सुन्तलाका कलमी २ हजार ६ सय र बिजु १५ हजार, कागतीका कलमी ८ सय र बिजु २ हजार ६ सय, साथै कफीका ५ सय वटा बिरुवा वितरण गरिएको छ।
यस वितरण कार्यक्रमले किसानहरूमा निकै उत्साह थपेको छ। वडा नम्बर ३ का कृषक भीम बहादुर गुरुङले गाउँपालिकाले ...









