कार्यक्रमको विशेष आकर्षणस्वरूप आयोजित धान रोपाइँ प्रतियोगितामा दुर्गा रेग्मी प्रथम, कल्पना रोका द्वितीय तथा सरस्वती अर्याल तृतीय स्थान हासिल गर्न सफल भए। उनीहरूले क्रमशः नगद रु. ५,०००, रु. ३,००० र रु. १,५०० पुरस्कार प्राप्त गरे।

514248595_697728393049984_1035689787738534403_n1751208536.jpg
त्यसैगरी, हिलोमा डोरी तान्ने प्रतियोगिता पनि निकै रमाइलो र उत्साहपूर्ण रह्यो। प्रतियोगितामा जनक बहादुर प्रजा, कुलबहादुर चेपाङ, राजेन्द्र चेपाङ र बलबहादुर चेपाङको समूहले प्रथम स्थान प्राप्त गर्दै रु. १०,००० जित्यो। ईश्वर अधिकारी, अश्मिर भुजेल, मदन अधिकारी, सुरेश उपरकोटी र कान्छा विकको समूहले द्वितीय स्थान प्राप्त गर्दै रु. ५,००० जित्यो भने उद्धव चेपाङ, प्रवेश कुशवाहा, राजकुमार चेपाङ, अनिल यादव र सन्दीप कुशवाहाको समूहले तृतीय स्थान प्राप्त गर्दै रु. २,५०० नगद पुरस्कार प्राप्त गरे।
कार्यक्रमले कृषिप्रति सम्मान, सहकार्य र स्थानीय उत्पादनमा आत्मनिर्भर बन्ने सन्देश प्रवाह गरेको सहभागी कृषकहरूले बताएका छन् ।