मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा
चितवन, ४ साउन ।नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ ।
पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ । सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ । सडकको चौडा ...









