Banner News

गण्डकी गाउँपालिकामा महिला समूह सञ्चालनसम्बन्धी पुनर्ताजगी कार्यक्रम जारी, तेस्रो दिन घ्यालचोकमा हुने

गण्डकी गाउँपालिकामा महिला समूह सञ्चालनसम्बन्धी पुनर्ताजगी कार्यक्रम जारी, तेस्रो दिन घ्यालचोकमा हुने
गोरखा, २ असार  । गण्डकी गाउँपालिकाको आयोजनामा सञ्चालित महिला समूहहरूलाई लक्षित “समूह सञ्चालनसम्बन्धी पुनर्ताजगी कार्यक्रम” आज दोस्रो दिनस सम्पन्न भएको छ। गण्डकी गाउँपालिका सभाहल, तोमनडाँडामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीमती ललिता अधिकारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष श्री दीपक तिमिल्सिना (साकार)को प्रमुख आतिथ्य रहनुभएको थियो । उपाध्यक्ष अधिकारीले  महिलाहरूको सशक्तिकरणका लागि समुहहरूको दक्षता र कार्यशैली सुदृढ गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो...

इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
इच्छाकामना,१ असार :  चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । गाउँपालिकाभित्र रहेका पाँचबर्ष मुनिका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको पाएपछि गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिए...

इच्छाकामनामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने

इच्छाकामनामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने
इच्छाकामना :  नेपाली कांग्रेस चितवनले ‘सात पालिका सात वाटिका’ कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने भएको छ । आचार्यको १६औँ स्मृति दिवसका अवसरमा पार्टीले इच्छाकामना गाउँपालिकालाई आज पत्र बुझाउँदै उद्यान निर्माणका लागि सार्वजनिक जग्गा माग गरेको छ ।जिल्ला सभापति राजेश्वर खनालसहित जिल्ला नेतृत्वले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई भेट गरी जग्गा माग गरेको हो । सो अवसरमा गुरुङले सम्भाव्यता अध्ययन गरी पार्टीलाई जग्गा उपलब्ध गराउने...

नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि पाँच दिनका लागि पुनः बन्द हुने

नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि पाँच दिनका लागि पुनः बन्द हुने
काठमाडौं : नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिनका लागि बन्द हुने भएको छ। यसअघि जेठ १० गतेदेखि आजसम्म दैनिक बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएकोमा अब यो अवधि जेठ ३० गतेसम्म लम्ब्याइएको छ। नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मत तथा स्तरोन्नतिको कार्य जारी रहेकाले उक्त अवधि बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ। सडक बन्द रहने समयमा साना तथा मझौला सवारी साधनका ला...

र्चाटर्ड विमान मार्फत अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज आउने

र्चाटर्ड विमान मार्फत अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका  थप नेपाली आज आउने
काठमाडौं : अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली नागरिकहरू आज काठमाडौं फर्किंदैछन्। उनीहरूलाई लिएर आएको अमेरिकी चार्टर्ड विमान आज अपराह्न करिब ४ : १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्ट गरिएका नेपालीहरूको आगमन पुष्टि गरे पनि कति जना आउँदैछन् भन्ने यकिन संख्या भने अझै नखुलेको जानकारी दिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार सम्हालेपछि हाल...

रास्वपा इच्छाकामनाको सभापतिमा जित बहादुर थापा चयन

रास्वपा इच्छाकामनाको सभापतिमा  जित बहादुर थापा  चयन
चितवन, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इच्छाकामनाको प्रथम पालिका अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट जित बहादुर थापाको सभापतित्वमा ११ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो। इच्छाकामना गाउँपालिका–४, लेवाटारस्थित एकीकृत सामुदायिक भवनमा आयोजित उद्घाटन सत्रमा रास्वपाका केन्द्रिय कार्यवाहक सभापति तथा सांसद डिपि अर्याल, चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा केन्द्रिय सदस्य हरि ढकाल, केन्द्रिय सदस्य राजन गौतम, चितवन जिल्ला सभापति कृष...

कुरिनटारमा ९४ जना सशस्त्र प्रहरी जवान दिक्षित

कुरिनटारमा ९४ जना सशस्त्र प्रहरी जवान दिक्षित
कुरिनटार,२१ जेठ । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा अवस्थित सशस्त्र प्रहरी,नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित ‘सशस्त्र प्रहरी जवान आधारभूत तालिम’बाट ९४ जना जवानहरु दिक्षित भएका छन्  । सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलको उपस्थितिमा बुधबार दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो ।सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले शुभकामना मन्तव्य राख्नुहुँदै देशका सम्पूर्ण नागरिकहरु हाम्रा आफ्ना परिवारका सदस्यहरु हुन् भन्ने भवानाका साथ...

धादिङ कारागारमा चरौँदीका विष्णु सुनारले गरे झुन्डिएर आत्महत्या

धादिङ कारागारमा चरौँदीका विष्णु सुनारले गरे झुन्डिएर आत्महत्या
धादिङ :  कारागारमा गए राती एक थुनुवाले झुन्डिएर आत्महत्या गरेका छन् ।धादिङ कारागारका प्रशासक राममणि मिश्रका अनुसार वेनीघाट रोराङ गाउँपालिका ७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् । चालु महिनाको ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्क्षकालागी धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समय सम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काँधमा चढी झ्यालबाट हेर्दा झुण्डीएकोअवस्थामा भेटिएको धादिङ कारागारका प्रशासक मिश्रले बताए । उन...

प्रेस सेन्टर भरतपुर महानगर कमिटीद्धारा तीन वटा पत्रकारिता पुरस्कार घोषणा

प्रेस सेन्टर भरतपुर महानगर कमिटीद्धारा तीन वटा पत्रकारिता पुरस्कार घोषणा
भरतपुर  : कवि एवम् पत्रकार कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले पत्रकारका लागि नगद सहितको तीन वटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मंगलबार भरतपुरमा प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले आयोजना गरेको ‘राजनीतिक परिवर्तनमा पत्रकार इच्छुकको योगदान’ विषयक अन्तरक्रिया एवम् पुरस्कार घोषणा कार्यक्रममा इच्छुक आजीवन पत्रकारिता सम्मान, प्रज्ञा उदीयमान पत्रकारिता पुरस्कार र ईन्द्रदेव रङ्ग पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा ...