इच्छाकामना ,१५ असार : विपन्न चेपाङ आवास कार्यक्रम अन्तरगत चितवनको इच्छाकामना   गाउँपालिकामा ४५ घर निर्माण भएका छन् । गाउँपालिकाले आइतबार  वडा नम्बर ४ खैरेनीटारमा एक कार्यक्रमकाबिच लाभग्राहीलाई चाबी हस्तान्तरण गरेका हुन् ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायतले लाभग्राहीलाई  घरको चाबी हस्तान्तरण गर्नुभयो ।
गाउँपालिका अध्यक्ष गुरुङले नयाँ घर निर्माण भएसगैँ अब आयआर्जनमा लाग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,“तपाइहरु आयआर्जनमा लाग्नुहोस् आफ्नो जमिन बाझो नराख्नुहो् पशुपालन गर्नुहोस् गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।”गाउँपालिकाले विभिन्न सीपमुलक तालिम तथा कृषि र पुशपालनमा अनुदान तथा तालिम उपलब्ध गराउँदै आएको बताउनुभयो । सबै वडामा रहेका विपन्न चेपाङ समुदायको छनौट गरि  घर निर्माण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले विपन्न चेपाङ आवास निर्माणका लागि माग गरे बमोजिम सङ्घीय सरकारबाट प्राप्त रकमबाट ती घरहरु निर्माण गरिएको उहाँले बताउनुभयो ।
नयाँ घर पाएपछि लाभग्राहीहरु खुशी भएका छन् । वडा नम्बर ४ का कमला चेपाङले नयाँ घर पाएसगैँ  सुरक्षित महसुस भएको बताउनुभयो । उहाँलेभ भन्नुभयो, “पानी चुहिने, आगा लागि र हुरीवतासको डरको अन्त्य भएको छ ,नयाँ घरपाएसगैँ सुरक्षित महशुस भएको छ ।” यहाँ अन्य विपन्न चेपाङ समुदाय भएकाले यो विपन्न चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।
गाउँपालिका योजना शाखाका प्रमुख श्याम बहादुर खनालका  अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर ४ मा ६, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा गरि ४५ घर निर्माण गरिएको हो ।
रु. ३ करोड १९लाख  ६३ हजार १२८ ( भ्याट सहित )  ४५ वटा घर निर्माण गरिएको बताउनुभयो ।  प्रति घर रु. ७ लाख हजार, २९१ मा निर्माण सम्पन्न भएको बताउनुभयो ।   सुवेदी एण्ड सिलवाल  शैलुङ्ग  जेभीले घरहरु निर्माण गरेका हुन् ।
गाउँपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पनि विपन्न चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष गुरुङले  बताउनुभयो । गत  आर्थिक बर्षमा पनि २२ वटा घर निर्माण गरि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती , वडा नम्बर २ का वडाध्यक्ष पञ्च बहादुर प्रजा,नेकपा एमालेका अध्यक्ष  प्रकाश अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।