Banner News

आँबुखैरेनीमा दुई वटा बस दुर्घटना हुदाँ १३ जना घाइते

आँबुखैरेनीमा दुई वटा बस दुर्घटना हुदाँ १३ जना घाइते
आँबुखैरेनी :  तनहुँमा  दुई वटा बस अनियन्त्रित भएर दुर्घटना भएको छ ।  आँबुखैरेनी गाउँपालिका ३ मिलनचोकमा आज बिहान लमजुङबाट नारायणगढ तर्फ जादै गरेको ग १ ज ८२९४ नम्बरको बिद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिन तर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनिबस आफै अनियन्त्रित भै सडकमा पल्टिएको हो । उक्त दुर्घटनामा परि १३ जना यात्रुहरु घाईते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । यस्तै घाईतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले बताएको छ । विहान ८ बजेक...

आँबुखैरेनीबाट लागुऔषधसहित एक जना पक्राउ

आँबुखैरेनीबाट लागुऔषधसहित एक जना पक्राउ
आँबुखैरेनी : तनहुँको आँबुखैरेनीबाट  लागुऔषधसहित एक जना पक्राउ परेका  छन ।  पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनिटारबाट सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भरतपुर महानगरपालिका वडा नं. २ बस्ने वर्ष २८ को प्रबिन कुमार गुरुङलाई  साथमा लुकाई छिपाई ल्याएको  डाइजेपाम, फेनरागन र नुफिन गरी ४२ थान एम्पूल नियन्त्रित लागु औषध सहित पक्राउ  गरिएको हो ।   पक्राउ परेका गुरुङलाई  जिल्ला अदालत, तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय आँब...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै
काठमाडौं : श्रावण  शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै । आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ। यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गरिन्छ। सोही अवसरमा आज राजधानीको नक्साल न...

देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना

देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ   : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै...

चम्पा र दुर्गाको प्रसङ्गमा लघुकथाको पैरो

चम्पा र दुर्गाको प्रसङ्गमा लघुकथाको पैरो
केशवराज आमोदी जनजागृति मा वि पिठुवामा अध्ययनरत रहदा मैले चर्चित लघुकथाकार दुर्गा घिमिरेलाई अनुशासित र प्रतिभावान् शिष्यको रूपमा पाउँदै गर्दा उनले त्यहीबाट एस एल सी गरी उच्च शिक्षाका लागि त्रि वि वि बाट स्नातकोत्तर गरेपश्चात् हाल शैक्षिक संस्थामा अध्यापनरत देखिन्छन् । किशोरावस्थादेखि नै गीत , कविता र लघुकथाजस्ता साहित्यिक सृजनामा रुचि रहेका घिमिरे असाध्यै मृदुभाषी , व्यवहारकुशल र सहृदयीमात्र छैनन् अपितु अनुशासित र कर्तव्यनिष्ठ पनि छन् । जीवनका लागि प्रकृतिगत प्रकाश , पवन , प...

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको शव भेटिएको छ। शिवपुरी गाउँपालिका वडा-७ का वडाध्यक्ष  वीर बहादुर तामाङले पाँच जनाको शव भेटिएको जानकारी दिए। दुर्घटनामा परेका मृतकहरू को को थिए भन्ने पहिचान प्रकृया भइरहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार हेलिकोप्टरमा एक पाइलट र चार यात्रु सवार थिए।

मुग्लिन -मलेखु सडक एकतर्फी सञ्चालन

मुग्लिन -मलेखु सडक एकतर्फी सञ्चालन
मुग्लिन : पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन –मलेखु सडक सडक एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा बुधबार बिहान ७ ः ३० बजे पहिरो खसेपछि मुग्लिन–मलेखु सडक दुइतर्फी अवरुद्ध बनेका थिए । पहिरो पञ्छाएपछि १२ :  १० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिनुभयो । सडक दुइतर्फी सुचारु हुन भने अझै केही समय लाग्ने उहाँले बताउनुभयो । ९८४५९५०३०१

नाग्दीखोलामा पहिरो : मुग्लिन –मलेखु सडक अवरुद्ध

नाग्दीखोलामा पहिरो : मुग्लिन –मलेखु सडक अवरुद्ध
मुग्लिन : पहिरोका कारण मुग्लिन –मलेखु सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा बुधबार बिहान ७ :  ३० बजे पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने कार्य सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।  

डेंगु सङ्क्रमणबाट तनहुँका एक पुरुषको मृत्यु

डेंगु सङ्क्रमणबाट तनहुँका एक पुरुषको   मृत्यु
तनहुँ  :  डेंगु सङ्क्रमणबाट एकजना पुरूषको मृत्यु भएको छ।स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो। यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ। मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जानकारी दिएको छ।

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री सिलवाल

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ :  मन्त्री  सिलवाल
मुग्लिन :  बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते भएका श्रेष्ठको अवस्था बुझ्न आज ९सोमबार० अस्पताल पुगेका उनले यस्तो बताएका हुन्। हाल चितवन मेडिकल कलेजमा श्रेष्ठको उपचार भइरहेको छ। उनले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै केही...