तनहुँ  :  डेंगु सङ्क्रमणबाट एकजना पुरूषको मृत्यु भएको छ।स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो।

यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ। मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जानकारी दिएको छ।