Banner News

स्वास्थ्यमन्त्री पौडेलद्वारा आँबुखैरेनी अस्पतालको शल्यक्रिया कक्ष उद्घाटन

स्वास्थ्यमन्त्री पौडेलद्वारा आँबुखैरेनी अस्पतालको शल्यक्रिया कक्ष उद्घाटन
आँबुखैरेनी ः तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष उद्घाटन गरिएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार शल्यक्रिया कक्षको उद्घाटन गर्नुभएको हो । २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारीसमेत गरेको छ।  अस्पतालको थप स्तरोन्नति र विकासका लागि सङ्घीय सरकारको सहयोग रहने मन्त्री पौडेलले बताउनुभयो । अस्पतालका प्रमुख डाक...

झण्डै १५ घण्टापछि नियन्त्रणमा लिइयो मान्छे आक्रमण गर्ने बाघ

झण्डै १५ घण्टापछि नियन्त्रणमा लिइयो मान्छे आक्रमण गर्ने बाघ
चितवन  :  नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राती पौने नौ बजे बाघ नियन्त्रणमा लिएका हुन्। अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएका छन् । केही समय पछि बाघलाई निकुञ्ज लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकको जुगेडीमा टेलर दुर्घटना हुदाँ दुई जना घाइते

नारायणगढ–मुग्लिन सडकको जुगेडीमा टेलर दुर्घटना हुदाँ दुई जना घाइते
कुरिनटार :  नारायणगढ–मुग्लिन सडकमा टेलर दुर्घटना हुदाँ दुई जना घाइते भएका  छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ बजे पोखराबाट बिरगञ्ज तर्फ जादैँ  गरेको ना ८ ख ८७०५ नं. को खाली टेलर आफै अनियन्त्रित भई चितवनको भरतपुर महानगरपालिका  २९ स्थित जुगेडी पुलबाट खस्दा टेलर चालक पर्साको बिरगञ्ज महानगरपालिका २८ बगही बस्ने बर्ष २३ को सन्तोष महतो र बर्ष २१को मनिलाल महतो  घाइते भएका हुन् ।  घाइते दुबै जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प...

यी ६ प्रदेशमा भारी वर्षाकाे सम्भावना, तराईमा हावाहुरी चल्ने

यी ६ प्रदेशमा भारी वर्षाकाे सम्भावना, तराईमा हावाहुरी चल्ने
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प...

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै,काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै,काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं : वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो। आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ। १ हजार ३ सय वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका ...

चितवनमा मनिङ्गवाक गर्न निस्किदाँ बाघको आक्रमणबाट एक जना घाइते

चितवनमा मनिङ्गवाक गर्न निस्किदाँ बाघको आक्रमणबाट एक जना घाइते
चितवन :  भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गर्न निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब सवा ५ बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको छ। स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नाय...

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं : काभा महिला नेशन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ।दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले पहिलोपटक भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा विजयी भयो। पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो खेल १२–२५ ले गुमाउन पुगेको थियो। तेस्रो सेटमा २५–१७ ले विजयी भएको नेपालले चौथो सेटमा १८–२५ ले गुमाएको थियो। अन्तिम सेट नेपालले १५–१३ ले आफ्नो पक्षमा पार्न ...

आज बागमती र गण्डकीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं : तीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रात...

शहिद लखनको आ.व. २०८०/०८१ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

शहिद लखनको  आ.व. २०८०/०८१ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न
घैरुङ :  गोरखाको शहिद लखन गाउँपालिकाको २०८०÷८१ मा समग्र खर्च ८१.६ प्रतिशत भएको छ । बिहिबार सम्पन्न समिक्षा कार्यक्रममा उक्त जानकारी गराएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरका अनुसार चालु तर्फ ८६.३४ र पुजीँगत  तर्फ ७२.०२ प्रतिशत खर्च गर्न सफल भएको हो । गाउँपालिका उक्त आर्थिक वर्षमा २ करोड ३६ लाख ९४ हजार ५४४ आन्तरिक तर्फ आम्दानी गरेको छ । गाउँपालिकाले रु. २ करोड ३५ लाख आन्तरिक आम्दानीको लक्ष्य लिएका थिए । गाउँपालिकाको वेरुजु भने ०.९७ प्रतिशत मात्र रहेको...

कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन

कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन
चितवन :  संविधान सभा सदस्य एवं नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन हुनुभएको छ  । नेकपा (एमाले) को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन हुनुभएको हो । अधिवक्तासमेत रहनुभएका  पोखरेल चितवन–२ बाट एकपटक संविधानसभा सदस्य र अर्कोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७९ को  प्रतिनिधिसभा सदस्यमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछाने विजयी हुदाँ पोखरेल तेश्रो हुनुभएको थियो । नेकपा एमाले चितवनका पूर्वअध्यक्षसमेत र...