Banner News

आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको उपचार निःशुल्क हुने

आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको उपचार निःशुल्क हुने
दमौली  : तनहुँको आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेंगु संक्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेंगु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेंगु परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अ...

आज टीआरसी विधेयक प्रतिनिधिसभामा पेस हुदैँ

आज टीआरसी विधेयक  प्रतिनिधिसभामा पेस हुदैँ
काठमाडौं  :  आज प्रतिनिधि सभाको बैठक   बस्दै छ। बैठक दिउँसो एक बजे बस्नेछ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा,...

धादिङबेसीबाट सम्पर्कविहीन भएका तीन किशोरी पाँच दिनपछि बाग्लुङमा भेटिए

धादिङबेसीबाट सम्पर्कविहीन भएका तीन किशोरी पाँच दिनपछि बाग्लुङमा भेटिए
धादिङ :  धादिङबेसीबाट सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रको अनुसार गत बुधबारदेखि सम्पर्कविहीन भएका उनीहरु सोमबार भेटिएका छन् । धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक बुधबार बिहान विद्यालय जान्छु भन...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धुषामा वृक्षारोपण

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धुषामा वृक्षारोपण
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित धुषामा वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज सडक छेउछाउ र पखेराहरुमा क्याप प्रोजेक्टद्वारा सञ्चालित क्रिएशन नेपालको आयोजनामा वृक्षारोपण गरिएको हो । संस्थाकी इच्छाकामना संयोजक सुमित्रा चेपाङको संयोजनमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । म्यागोस्टिक २००, राजबृक्ष १० र  अमलाका  ५  वटा विरुवा सडकको छेउमा रोपिएकोे छ । यस्तै २०० टाँकी  र ५० वटा कोईरालोको विरुवा पखेराहरुमा रोपिएको  संयोजक सुमित्रा चे...

आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा बिहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी निकालिएको छ । दरबारमार्गस्थित एक होटलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको संयोजकत्वमा गठित मूल समारोह समितिले विषेश कार्यक्रम गर्दैछ। राष्ट्रिपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहान साढे ९ बज...

फोनिजको स्थापनाले आदिवासीका मुद्धामा ठूलो सहयोग

फोनिजको स्थापनाले आदिवासीका मुद्धामा ठूलो सहयोग
भरतपुर :  नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ। भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो। २५ वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा ‘आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तरक्रियासमेत गरेको थियो। कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष एवम् संरक्षक सन्तकुमार चौधरी र नेपाल आदिवासी जनजाति महा...

चितवनमा बस र ट्रक ठोक्किदाँ १० जना घाइते

चितवनमा बस र ट्रक ठोक्किदाँ १० जना घाइते
चितवन :  चितवनमा सवारी दुर्घटना हुदाँ १० जना घाइते भएका  छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिव २ः३५ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको राप्ती नगरपालिका–५, स्थित पम्फा पुलमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको  बागमती प्रदेश ०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना छ ख५९२७ नम्बरको ट्रकको पछाडी  ठोक्किदाँ  बसमा सवार १० जना घाइते भएका हुन् । घाइते मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने ३ जनाको अवस्था सामान्य रहेको चितवन प्रहरीले जन...

मौसम : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम :  आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...

इच्छाकामना चेम्बर अफ कमर्सको अध्यक्षमा अश्मिन कुमार लम्साल

इच्छाकामना चेम्बर अफ कमर्सको अध्यक्षमा अश्मिन कुमार लम्साल
चुम्लिङटार :  चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा रहेका व्यवसायीहरुको साझा संस्था इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका तदर्थ समिति अध्यक्ष अश्मिन कुमार लम्सालको सभापतित्व तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा आज (शनिबार) चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाईड रिसोर्टमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले अश्मिन कुमार लम्साललाई अध्यक्षमा निर्वाचित गर्दै १९ सदस्यीय इच्छाकामना चेम्बर अफ कमर्सको नयाँ...

अखिल (क्रान्तिकारी) आँबुखैरेनीको अध्यक्षमा निशान मगर चयन

अखिल (क्रान्तिकारी) आँबुखैरेनीको अध्यक्षमा निशान मगर चयन
आँबुखैरेनी :  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) आँबुखैरेनीको अध्यक्षमा निशान मगर चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रथम गाउँ सम्मेलनले मगरको नेतृत्वमा ३५ सदस्यीय  कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो । अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम् आँबुखैरेनी गाउँपालिकाका ईन्चार्ज मनोज बास्तोलाको अध्यक्षता,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमानको प्रमुख आतिथ्यता, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सचिव...