मुग्लिन : पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन –मलेखु सडक सडक एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा बुधबार बिहान ७ ः ३० बजे पहिरो खसेपछि मुग्लिन–मलेखु सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।
पहिरो पञ्छाएपछि १२ : १० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।
सडक दुइतर्फी सुचारु हुन भने अझै केही समय लाग्ने उहाँले बताउनुभयो ।
९८४५९५०३०१