Banner News

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइदै

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइदै
काठमाडौँ- संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । आजै साँझै राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण भएको छ । ...

इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक,विद्यालय र अध्यक्षलाई सम्मान

इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक,विद्यालय र अध्यक्षलाई सम्मान
कुरिनटार :   चितवनको इच्छाकामना गाउँपालिकाले उत्कृष्ट नतिजा प्राप्त गर्ने  विद्यार्थी, विद्यालय, विषयगत शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ ।  आर्थिक बर्ष २०८१/८२ को राष्ट्रिय शिक्षा दिवसको अवसरमा गाउँपालिका भित्र रहेका  सम्पूर्ण विद्यालयहरुको शैक्षिक सत्र २०८० मा विभिन्न तह र कक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय र विषयगत शिक्षक र विद्यालय व्यवसथापन समितिका अध्यक्षहरुलाई  गरिएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्य...

स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
धादिङ :  स्वर्गिय अञ्जन सिलवाल स्मृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएएको छ । अन्जन सिलवाल स्मृति प्रतिष्ठानले बेनीघाट रोराङ ९ मझिमटारको खेल मैदानमा असोज ४ गतेबाट खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगिताका विजेताले रु ५० हजार नगद पुरस्कारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैबिच द्वितियलाई २५ हजार तृतियलाई २० र सान्तोनालाई ५ हजार नगद सहित कप,मेड, प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट विभिन्न ७ विद्यामा पनि पुरस्कार सगैँ हरे...

आज शिल्पीका देवता विश्वकर्माको पूजा मनाइँदै

आज शिल्पीका देवता विश्वकर्माको पूजा मनाइँदै
काठमाडौं : असोज संक्रान्तिको अवसरमा म‌ंगलबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा-आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा-आराधना गर्छन्। विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। पौराणिक तथा संस्कृ...

मनकामना केबलकार आजदेखि डिजिटल डि-कनेक्ट सिस्टममा सञ्चालन हुदैँ

मनकामना केबलकार आजदेखि  डिजिटल डि-कनेक्ट सिस्टममा सञ्चालन हुदैँ
कुरिनटार : नेपालको पहिलो केबलकार मनकामना केबलकार आजदेखि  पुन : नियमित सञ्चालनमा आउने भएको छ ।मनकमना दर्शन प्रा.लि.ले  डिजिटल  प्रणालीमा स्तरोन्नतिका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरेको थियो । २६ बर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालन हुदैँ आएको  केबलकार  डिजिटल डि कनेक्ट सिस्टममा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।  अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष  इन्जिनियर तथा प्राविधिकहरुको सुपरिवेक्षणमा  डिजिटल प्रणालीमा रुपान्त...

कुरिनटारस्थित दिगो चार्जिङ पोइन्टको मन परि, चार्जिङको रेट २५ रुपैयाँ सम्म असुल

कुरिनटारस्थित दिगो चार्जिङ पोइन्टको मन परि, चार्जिङको रेट २५ रुपैयाँ सम्म असुल
कुरिनटार,३० भदौ । सरकारले विद्युतिय सवारी साधनको प्रबर्द्धनको लागि विभिन्न प्रयास गरिरहेको छन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा ठूलो रकम भन्सार छुट देखि वार्षिक करमा समेत भारी छुट दिए पनि इलेक्ट्रीक गाडी चार्ज गर्न तथा थोरै रहेको चार्जिङ पोइन्टले मनपरी रेट लगाइदिदाँ इलेक्ट्रीक गाडी व्यावसायि भने हतोत्साहित हुँदै गैरहेका छन् । अहिले पृथ्वी राजमार्गमा गोरखा, चितवन लगायत स्थानबाट काठमाडौ जाने थुप्रै साना यात्रुबाहक इलेक्ट्रीक गाडी संचालनमा रहेका छन तर दिनहुुँ जस्तो ...

गाइघाटमा हाइसको ठक्करबाट आँबुखैरेनी ५ का एक जना गम्भीर घाइते

गाइघाटमा हाइसको ठक्करबाट आँबुखैरेनी ५ का  एक जना गम्भीर घाइते
चितवन :   भरतपुर महानगरपालिका २९ गाइघाटमा  हाइसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका  छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार कावासोतीबाट काठमाण्डौ तर्फ जादैँ गरेको प्र.३–०१–००५ख ९७६६ नम्बरको हाइसले शनिबार विहान ६ बजे बाटो क्रस गर्ने क्रममा पैदलयात्री तनहुँको आँबुखैरेनी गाउँपालिका ५ बस्ने ४१  बर्षिया सुकलाल गुरुङ गम्भीर घाइते हुनुभएको हो । टाउको र खुट्टामा चोट लागेका गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।  ठक...

नारायणगढ–मुग्लिन सडकखण्डको २५ किलोमा ट्रक खस्यो

नारायणगढ–मुग्लिन सडकखण्डको २५ किलोमा  ट्रक खस्यो
चितवन :   नारायणगढ-मुग्लिन  सडकखण्डको  २५ किलोमा एउटा ट्रक  नदी किनारमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सुचना अधिकारी  प्रहरी नायव उपरीक्षक  भेषराज रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

नेकपा एमाले इच्छाकामना ५ को अध्यक्षमा तारा गुरुङ

नेकपा एमाले इच्छाकामना ५ को अध्यक्षमा तारा गुरुङ
मुग्लिन :  नेकपा एमाले इच्छाकामना ५ को दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिवेशनले तारा गुरुङको अध्यक्षतामा ३९ सदस्यीय नयाँ वडाकमिटि गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा सानुबाबु थापा, सचिवमा ज्ञान बहादुर सुनारी मगर, उपसचिवमा सीता त्रिपाठी र तब्बिर गुरुङलाई सर्वसम्मत चयन गरेको छ । अधिवेशनको समुद्घाटन कार्यक्रममा वडाकमिटि अध्यक्ष टिएन श्रेष्ठ सभापति रहनुभएको थियो भने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो । ...

अखिल क्रान्तिकारी चितवनको २९ औँ जिल्ला सम्मेलन सुरु

अखिल क्रान्तिकारी चितवनको २९ औँ जिल्ला सम्मेलन सुरु
चितवन : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चितवनको २९ औँ जिल्ला सम्मेलन सुरु भएको छ । “समाजवादी शिक्षा र सुशानको पक्षमा हाम्रो अभियान सुदृढ संगठन निर्माण गर्न २९ औँ जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ नेकपा माओावदी केन्द्रको कार्यालयको सभाहलमा आजदेखि सम्मेलन सुरु भएको हो । सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेश कार्यालय सदस्य इश्वरी भट्टराईले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्दै केन्द्रिय सदस्य भट्टराईले अब क्र...